२१ चैत्र २०८२, शनिबार / April 4, 2026
www.corporateaawaj.com  |   कोर्पोरट आवाज डट कम
मनोरन्जन

‘राधे’को नराम्रो समीक्षा गर्ने माथि सलमानले हाले मानहानि मुद्दा

banner

बलिउड अभिनेता सलमान खान अभिनीत फिल्म ‘राधे’ खानले गरेका फिल्म मध्यमा सबै भन्दा झुर् फिल्म कहलिएको छ l फिल्मलाई अधिकांश भारतीय मिडियाले कम रेटिङ दिएका छन् । कतिले त ०.५ रेटिङसमेत दिएका छन् । भारतीय फिल्म समीक्षकहरूको पनि एउटै भनाइ छ ,झुर् फिल्म l भारतीय अभिनेता एवं फिल्म समीक्षक कमाल रसिद खान(केआरके) ले पनि फिल्म समीक्षक गरेका थिए l केआरकेले फिल्म रिलिज भएकै दिन समीक्षाको भिडियो सार्वजनिक गर्दै फिल्म एकदमै ‘झुर’ भएको बताउँदै फिल्म हेरेर समय खेर नफाल्न सुझाव दिएका थिए । उनले फिल्म हेरेर आफ्नो दिमाग घुमेको बताउँदै समीक्षा भिडियोमै रोएका थिए । उनले गरेको समीक्षकले आफूलाई मानहानि भएको भन्दै खानले कमाल रसिद विरुद्ध अदालतमा मुद्दा दायर गरेका छन् l सो खबर लाई रसिदले आफ्नो सामाजिक सन्जाल ट्विटर मार्फत उल्लेख गरेका हुन् l सलमानको टिमले मुद्दाको छिटो सुनुवाइ गरिदिन अदालतसमक्ष आग्रह गरेको उनको भनाइ छ l  

ad

यो पनि पढौँ

‘सहायक श्रीमान्’ अमेरिकाको बेडफोर्ड इन्टरनेसनल फिल्म फेस्टिभलका लागि छनोट 

Corporate Aawaj

धुर्मुस-सुन्तलीलाई पार्टी खोल्न गजुरेलको सुझाव, भन्छन् : बहुमत कन्फर्म छ

कोर्पोरट आवाज डट कम

स्टे होमको अवस्थामै सरिश्माको नयाँ म्यूजिक भिडियो सार्वजनिक

कोर्पोरट आवाज डट कम