४ आश्विन २०८३, आईतवार / September 19, 2026
www.corporateaawaj.com  |   कोर्पोरट आवाज डट कम
खेलकुद समाचार

एनएसएलको सफलतासँगै निरन्तरतामा प्रश्न

banner

सरसर्ती हेर्दा अखिल नेपाल फुटबल संघ (एन्फा) भित्र आन्तरिक द्वन्द्वले घरेलु फुटबलको क्यालेन्डर पूरै प्रभावित भएको थुप्रै उदाहारण छ । एन्फा र क्लबबीचको विवाद, एन्फाको आन्तरिक विवादले पनि फुटबल गतिविधि ठप्प भएका घटना हाम्रा सामू छन् ।

देशको फुटबलको मेरुदण्ड मानिने सहिद स्मारक ए डिभिजन लिग विगतमा पटक पटक र वर्षाै रोकिएको दृष्टान्त छ । एक वर्ष आयोजना भयो भने अर्को वर्ष हुन्छ हुँदै कसैले ढुक्क साथ भन्ने अवस्था थिएन, छैन । नकआउट प्रतियोगिताको आयोजनाको त झन् कुनै टुंगो हुँदैन । विगतमा एन्फाले आयोजना गर्ने गरेको नकआउट प्रतियोगिताको अहिले नाम निशाना पनि छैनन् । एनसेल कप, खुकरी कप, ब्रिटिश गोर्खा कप त्यसका केहि उदाहरण हुन् ।

त्यति मात्र होइन डेढ दशक अघिको अवस्थालाई सम्झने हो भने फुटबल संघ नै राष्ट्रिय खेलकुद परिषद् (राखेप) मा २ वटा दर्ता थिए । एन्फा र नेपाल फुटबल संघका नाममा । पछि ती दुई संघको विवाद समाधान हुँदा १८ टोलीबीच ए डिभिजन लिग भएको पनि इतिहास छ । अर्कोतर्फ एन्फाले आयोजना गर्ने फुटबलमा पनि एकरुपता छैन ।

तीन वर्षअघि कर्मा छिरिङ शेर्पाको अध्यक्षतामा निर्वाचित एन्फाले पहिलो पटक लिग आयोजना गर्दा विना रेलिगसन आयोजना गर्यो। जसको चौतर्फी आलोचना भएको थियो । घरेलु फुटबलमै विना रेलिगसनेको त्यो पहिलो अभ्यास थियो । घटुवा नहुने लिग पनि नेपालमा अभ्यास भयो । त्यसअघि पनि ए डिभिजन लिगमा थुप्रै भएका थिए । ए डिभिजन लिग नै सुपर सिक्स, सुपर एट, राष्ट्रिय लिग अनेक नाममा प्रयोगका रुपमा आयोजना भए । त्यसैले लिगले न एकरुपता पाउन सक्यो न स्थिरता ।

झन् पछिल्लो डेढ दुई वर्ष त कोरोनाका कारण फुटबललगायत सबै खेललाई अनिश्चित र अस्थिरता तर्फ धकेलिदिएको छ । एन्फाको आन्तरिक राजनीतिबाट केहि अलग नेपाल सुपर लिग (एनएसएल) फ्रेन्चाईज लिग पहिलो पटक सम्पन्न भएको पनि दुई साता पुग्न लागिसकेको छ । केहि कमजोरीलाई छाड्ने हो भने एनएसएलले घरेलु फुटबलमा सकारात्मक सन्देश प्रभाव गरेको छ । एउटा परम्परागत ढाँचामा चल्दै आएको घरलु फुटबलमा व्यवसायिकता र व्यवस्थापनको फरक पक्ष उजागर भएको छ ।

साच्चै भन्ने हो यसरी पनि फुटबल हुन सक्छ भन्ने उदाहरण दिन एनएसएल सफल भएको छ । हुन त एनएसएल पनि एन्फाकै प्राविधिक सहयोगमा सञ्चालन भएको हो । दुई वर्ष अघि नेपाल स्पोर्टस् एण्ड म्यानेजमेन्ट ले एनएसएलको घोषणा गर्दा धेरैलाई विश्वास लागेको थिएन । बीचमा एनएसएसको चर्चा पनि हुन छाडेपछि धेरैलाई त्यो घोषणा हावादारी लाग्न थालेको थियो ।

एनएसएल ढिला आयो, तर दमदार आयो । व्यापारिक क्षेत्रमा स्थापित चौधरी ग्रुपकै अर्को एउटा भगनी संस्थाका रुपमा स्थापित भएकै कारण पनि नेपाल स्पोर्टस एण्ड म्यानेजमेन्टमाथि एक खाले भरोसा थियो । त्यो भरोसालाई आयोजकले टुट्न दिएन । सुरुमा घोषणा गरे जस्तो काठमाडौं बाहिर जान नसकेपनि काठमाडौंमा व्यस्त तालिकाका बीच एनएसएल आयोजनाको घोषणा भयो ।

अन्य व्यापारिक घराना र समूहका साथ ७ फ्रेन्चाईज टोली जुटाउन एनएसएल सफल भयो । क्रिकेटमा अभ्यास भइसकेपछि फुटबलमा पहिलो पटक एनएसएलकै लागि खेलाडीको अक्सन भयो । प्रायोजकका रुपमा कर्पोरेट हाउसहरु फुटबलमा यसअघि आबद्ध भएपनि आफै टोली निर्माण गर्ने अभ्यास घरेलु फुटबलमा पहिलो थियो । टोलीको घोषणा, मार्की खेलाडी, प्रशिक्षकको चयन, अक्सनले विस्तारै फुटबल समर्थकमा चासो पैदा गरेको एनएसएलले सुरु भएपछि विस्तारै विश्वास आर्जन गर्दै गयो ।

ad

यो पनि पढौँ

भक्तपुरको सल्लाघारी चोक टि.भी.एस SHOWROOMमा टिभिएस मोटरसाइकलको ‘TVS CHAMPIONS EXCHANGE मेला शुरु

कोर्पोरट आवाज डट कम

भारतका प्रधानमन्त्री मोदी युएइ भ्रमणमा 

कोर्पोरट आवाज डट कम

आईसीसीले क्यानमाथिको निलम्बन हटायो, नेपाली क्रिकेट विकासका लागि सहयोग गर्ने

कोर्पोरट आवाज डट कम