२२ चैत्र २०८२, आईतवार / April 5, 2026
www.corporateaawaj.com  |   कोर्पोरट आवाज डट कम
अर्थ ट्रेंडिंग राजनीति समाचार

दैनिक ज्याला मजदुरी गर्नेलाई एनआईसी एशियाको पाँच लाख बराबरको खाद्यान्‍‍न

banner

एनआईसी एशिया बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत काठमाडौंमा ज्याला मजदुरी गर्ने गरिब तथा असहाय परिवारलाई नेपाल प्रहरीसँगको सहकार्यमा पाँच लाख बराबरको चामल, तेल, नुन, दाललगायत खाद्यान्न सामग्री वितरण गरेको छ ।

बैंकका प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपानेले महानगरीय प्रहरी कार्यालय रानीपोखरीका डीआईजी विश्वराज पोखरेललाई उक्त खाद्यान्न सामग्री हस्तान्तरण गरे । बैंकले नेपाल प्रहरीसँगको सहकार्यमा वितरण गरेको खाद्यान्न सामग्रीबाट लकडाउनले गर्दा दैनिक छाक टार्न गाह्रो भएका परिवारलाई राहत मिल्ने विश्वास लिएको प्रेस विज्ञप्तिमा उल्लेख छ । कोरोना संक्रमणबाट बच्न सरकारले लकडाउन घोषणा गरिरहेका बेला देशभित्र विकास निर्माणका कामदेखि लिएर कलकारखानाहरूसमेत बन्द रहेको अवस्थामा दैनिक ज्याला मजदुरी गर्नेहरूलाई केही राहत दिन बैंकले सहयोग गरेको हो ।

ad

यो पनि पढौँ

असार १५ : दही बिक्री गर्न भ्याईनभ्याई

Corporate Aawaj

मासिक ३ लाख पेन्सन बाढ्न थाल्यो सामाजिक सुरक्षा कोष, २ महिना योगदान गरेका परिवारले पनि पाउँदै

कोर्पोरट आवाज डट कम

नेपालमा बस्ने भारतीयले दूतावासमा रजिष्ट्रेसन गर्नुपर्ने

कोर्पोरट आवाज डट कम

Leave a Comment