२२ चैत्र २०८२, आईतवार / April 5, 2026
www.corporateaawaj.com  |   कोर्पोरट आवाज डट कम
ट्रेंडिंग स्वास्थ्य

कोरोनाः संक्रमितभन्दा झण्डै तीन हजार बढी निको, मृतकको संख्या पनि घट्यो

banner

नेपालमा पछिल्ला दिनहरुमा कोरोनाभाइरस संक्रमितभन्दा निको हुनेको संख्या बढ्दै गएको छ । गत २४ घण्टामा संक्रमितभन्दा झण्डै तीन हजार बढी निको भएका छन् । 

गत २४ घण्टामा २० हजार १ सय १० जनामा गरिएको पीसीआर र एन्टीजेन परीक्षणमा ६ हजार ९ सय ५१ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा ९ हजार ८ सय ४१ जना निको भएका छन् । नेपालमा कोरोना निको हुने दर ७८ दशमलव १ प्रतिशत पुगेको छ ।

पछिल्लो २४ घण्टामा ९६ जनाको मृत्यु भएको छ । अहिलेसम्म मृत्यु हुनेको संख्या ७ हजार ४७ पुगेको मन्त्रालयले जनाएको छ । काठमाडौंमा १७९६, भक्तपुरमा २१३ र ललितपुरमा ३१५ गरी गत २४ घण्टामा २३२४ जना संक्रमित भएका छन् ।

ad

यो पनि पढौँ

मन्त्रिपरिषदको निर्णय : लकडाउनमा अब एकबाट अर्को स्थानीय तहमा जान नपाइने

कोर्पोरट आवाज डट कम

भक्तपुरमा रिसोर्टमा लगेर युवतीको बलात्कार गरेको अभियोगमा एक युवक पक्राउ

Corporate Aawaj

थप २७ जनामा कोरोना संक्रमण, उपत्यकामा पाँच जना

कोर्पोरट आवाज डट कम