
नेपालको पहिलो CPVC पाइप्सर फिटिंग्स् उत्पादकतथा नेपालको पोलीमर पाइपिंग प्रणालीका अग्रणी उत्पादक र नियार्तकर्ता मंगलम इन्डष्ट्रिजप्रा.लि ले मंगलम केयर नामकआहवान्को सुरुवात गरेको छ।
अहिले कोरोनाको यो दोस्रो लहरले सम्पूर्ण देशको जनमानसमा त्रासको भावनासिर्जना गरेको छ र दिनहुँ नै सयौँ भन्दा बढी नेपालीहरु दिवन्गतहुनपुगिरहेका छन् । यस आपत्कालिनअवस्थामाथुप्रै संस्थाहरुले आफ्नो कर्मचारीको लागिविभिन्नकार्यहरु गर्दै आइरहेका छन् ।
यसै व्रmममा मंगलम पाइप्सले पनि सानो प्रयास स्वरुप आफ्ना हरेक देहान्त भएका कर्मचारीहरुका श्रीमान र श्रीमती वा परिवारलाई कर्मचारीको आगामी १२ महिनाको तलवउपलब्ध गराउने भएको छ ।
“मंगलम पाइप्सको लागि आफ्नो कर्मचारीहरू नै पहिचान र शक्तिहुन्। मंगलम पाइप्सको प्रारम्भिक दिनहरु देखि नै आफ्नो कर्मचारीहरुको स्वास्थ्य र सुरक्षा सबैभन्दा प्राथमिक र अत्यन्तै महत्त्वपूर्ण विषय रहेको छ। हामी आशा गर्दछौँ मंगलम पाइप्सको यो सानो प्रयासले उहाँहरुको जीवन अघि बढाउन केहि मद्दत पुर्याउने छ । हामी हाम्रा सबै कर्मचारी र उहाँहरूको परिवारका सदस्यहरुको सुस्वास्थ्य र दीर्घायुको कामनागर्न चाहन्छौं ।”मंगलम इन्डष्ट्रिज प्राइभेट लिमिटेडका प्रबन्ध निर्देशक श्री अभिनव चुरिवाल ज्यूले भन्नुभयो ।


