
नेपाली युवा उद्यमी फोरम (NYEF) ले शुक्रवार आफ्नोे १७औँ वार्षिक साधारण सभा आयोजना गर्यो । काठमाडौंका युवा उद्यमी श्री उदीप श्रेष्ठको अध्यक्षतामा ११ सदस्यीय कमिटी चयन गरेको छ। कोविड मुद्दालाई ध्यानमा राख्दै, कार्यक्रम अनलाइन बाट आयोजना गरिएको थियो।
नवगठित समितिको अध्यक्ष पदमा उदीपश्रेष्ठ सर्वसम्वत अध्यक्ष चुनिएका छन् भन ेमञ्चको प्रथम उपाध्यक्षमा रितेश लामिछाने, द्वितिय उपाध्यक्षमा साहारा जोशी, महिला उपाध्यक्षमा निभिता प्रधान, च्याप्टर तर्फको उपाध्यक्षमा सुमोद मान शैजु, बाह्यमामिलातथा सम्बन्धको प्रमुखमा कुशल सुन्दर श्रेष्ठ, लर्निंग अध्यक्षको रूपमा रिचा श्रेष्ठ र को(लर्निंगका रूपमा पवित्र गौतम चुनिएका छन् भने सुदिप घिमिरे र कृष्ण सापकोटा सदस्यमा चुनिएका छन् । यस अघि सम्म प्रकाश देव पालिखे मञ्चको अध्यक्ष थिए । अध्यक्षको कार्यकाल एकवर्षको हुनेछ । यस अवसरमा फोरमका निवर्तमान अध्यक्ष प्रकाश देव पालिखे सहित कार्यसमितिले उनीहरूको पदभार बुझायो।
सरकारसँग मिलेर युवाउद्यमीलाई प्रोत्साहन गर्ने अध्यक्ष श्रेष्ठले बताए । “सरकारले युवा उद्यमीलाई प्रवद्र्धन गर्न नीतिगत तहमा धेरै काम गर्नुपर्ने छ” उनको भनाइ थियो । पञ्चकन्या ग्रुपका कार्यकारी निर्देशक समेत रहेका श्रेष्ठले युवाउद्यमीको प्रवद्र्धन गर्न आफू अहोरात्र खटिने बताए ।


