२१ चैत्र २०८२, शनिबार / April 4, 2026
www.corporateaawaj.com  |   कोर्पोरट आवाज डट कम
समाचार स्वास्थ्य

नेपाली भिक्षुको पहलमा थाई राजपरिवारले पठाए स्वास्थ्य सामग्री

banner

थाइल्याण्डमा बस्दै आएका नेपाली भिक्षु सुगन्धको पहलमा थाई राजपरिवारले नेपाललाई एक जहाज स्वास्थ्य सामग्री पठाएका छन् । थाइल्यान्डका राजा महाबलिरालङ्कन फा बजिरक लाओचाओइहा, रानी सुधिदा बज्रसुधाविमलाक्छना र राजकुमारी बज्रकितिबा नरेन्दादीब्याभातीले व्यक्तिगत रुपमा कोरोना संक्रमणविरुद्ध प्रयोग हुने स्वास्थ्य सामग्री पठाएका हुन् ।

थाई राजपरिवारले १० लाख थान सर्जिकल मास्क, ११ हजार ५२० थान पीपीई गाउन, १० हजार जोडि लेग कभर, १० हजार थान सर्जिकल क्याप, ५ हजार थान फेसशिल्ड, २० हजार युनिट रेपिड एन्टिजेन युनिट, ६ सय थान अक्सिमिटर, १५ सय थान डिजिटल थर्मामिटर, १ हजार थान बोडिब्याग, ३० थान अक्सिजन नाजल र ८ थान अक्सिजन कसन्ट्रेन्टर नेपाल सरकारलाई सहयोग स्वरुप पठाएका हुन् ।

उक्त सामग्री थाई एयरमार्फत आइतबार त्रिभुवन विमानस्थलमा आइपुगेको लुम्बिनी विकास कोषका सदस्य सचिव सानुराजा शाक्यले जानकारी दिए ।

भिक्षु सुगन्धले सुझाव दिएअनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले थाई नरेशलाई सहयोगको लागि पत्राचार गरेको र उक्त पत्रपछि थाई नरेशले खुशीसाथ नेपाललाई सहयोग गरेको सदस्य सचिव शाक्यले बताए । ‘भिक्षु सुगन्ध थाइल्यान्डको राजपरिवारको अत्यन्तै निकट भएकाले पत्राचार गरे लगत्तै स्वास्थ्य सामग्री आएको हो,’ शाक्यले भने ।

थाइल्याण्डबाट आएको स्वास्थ्य सामग्री आइतबार नै नेपालका लागि थाई राजदूत भासिता भोरासाफले स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीलाई हस्तान्तरण गरेका छन् । सो अवसरमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले थाई राजपरिवारलाई धन्यवाद दिए ।

ad

यो पनि पढौँ

कोरोनाको राहत लिनेको घर जल्यो, खुल्यो २४ लाख लुकाएको रहस्य

कोर्पोरट आवाज डट कम

विश्वमा कोरोना : संक्रमित भन्दा निको हुनेको संख्या धेरै

कोर्पोरट आवाज डट कम

कोरोना संक्रमणका कारण मृत्यु भएकी महिला जीवित भएपछि

कोर्पोरट आवाज डट कम