
काठमाडौं, ३ साउन । नबिल बैंकले साउन १० गतेदेखि ‘८ प्रतिशत नबिल डिबेन्चर २०८५’ निष्काशन तथा बिक्रीका लागि खुल्ला गर्ने तयारी गरेको छ ।
बैंकले ७ वर्षे अवधिको प्रतिकित्ता १ हजार रुपैयाँ अंकित मूल्यको ३ अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता डिबेन्चर (ऋणपत्र) बिक्रीमा ल्याउन लागेको हो ।कुल डिबेन्चर (ऋणपत्र) बाट १ अर्ब २० रोड रुपैयाँ बराबरको १२ लाख कित्ता सर्वसाधारणका लागि बिक्री गरिने भएको छ । यसबाट ६० हजार कित्ता सामूहिक लगानी कोषका लागि छुट्याईएको छ । बाँकी रहने १ अर्ब ८० करोड रुपैयाँ बराबरको १८ लाख कित्ता ऋणपत्र व्यक्तिगत किसिमले विभिन्न संघ, संस्थाका लागि बिक्री गरिने भएको छ ।
बैंकको ऋणपत्र खरिद गर्ने म्याद साउन १३ गतेसम्म रहेको छ । तोकिएको म्यादभित्र माग बमोजिमको ओवेदन नपरेको खण्डमा ढीलोमा साउन २४ गतेसम्म आवेदन पेश गर्न सकिने भएको छ ।
ऋणपत्रमा लगानी गर्न चाहने इच्छुक लगानीकर्ताले घटिमा २५ कित्ता तथा बढीमा सबै कित्ताका लागि आवेदन दिन सक्नेछन् । यसका लागि सि-आस्वा सदस्य रहेका बैंक तथा वित्तीय संस्था र शाखा कार्यालमा आवेदन बुझाउन सकिने भएको छ ।
ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा हिमालयन क्यापिटल लिमिटेड रहेको छ ।


