२२ चैत्र २०८२, आईतवार / April 5, 2026
www.corporateaawaj.com  |   कोर्पोरट आवाज डट कम
अर्थ समाचार

निषेधाज्ञामा पसल खेलेकाे भन्दै भाटभटेनी डिपार्टमेन्ट स्टोरका म्यानेजर गुरूङ पक्राउ

banner

कोरोना संक्रमणको बेला निषेधाज्ञाको पालाना नगरेको भन्दै कोटेश्वरस्थित भाटभटेनी डिपार्टमेन्ट स्टोरका म्यानेजर सागर गुरुङलाई प्रहरीले पक्राउ गरेको छ।

निषेधाज्ञाको समयमा बिहान ९ बजेसम्म मात्र डिपार्टमेन्ट स्टोरको ग्रोसरी कक्ष खोल्न पाइने व्यवस्था भए पनि दिउँसो खुला राखेकाले गुरुङलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले गुरुङलाई पक्राउ गर्न निर्देशन लगत्तै प्रहरीले उनलाई पक्राउ गरेको हो। काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारी नेतृत्वको टोलीले दिउँसो पनि खुला राखेको सूचना पाएपछि अनुगमनका लागि कोटेश्वरस्थित भाटभटेनी डिपार्टमेन्ट स्टोर पुगेका थिए।

त्यसक्रममा उनले निषेधाज्ञा जारी भएको थाह छैन भनेर गुरुङलाई प्रश्न गर्दै कानुन सबै नागरिकलाई समान हुन्छ तपाईँका लागि छुट्टै कानुन बनेको छैन भनेर प्रक्राउ गर्न आदेश दिएका थिए।

‘निषेधाज्ञाको समयमा डिपार्टमेण्ट स्टोर खुलेको देखियो कानुनको परिपालाना गरेको देखिएन’, प्रमुख जिल्ला अधिकारी पराजुलीले भने।

ad

यो पनि पढौँ

पर्सा निकुञ्‍जमा सेना र तस्करबीच गोली हानाहानः एक तस्करको ज्यान गयो, एक जमदार घाइते

कोर्पोरट आवाज डट कम

चीनबाट के–के आयो ? सोमबार सातै प्रदेशमा पुर्‍याइँदै

कोर्पोरट आवाज डट कम

काठमाडौंमा मेघगर्जनसहित हावा हुरी र वर्षा

कोर्पोरट आवाज डट कम