२२ चैत्र २०८२, आईतवार / April 5, 2026
www.corporateaawaj.com  |   कोर्पोरट आवाज डट कम
ट्रेंडिंग राजनीति समाचार

को हुन् फेसबुकमा बर्खा थापा लेख्ने सञ्चार मन्त्री नैनकला ?

banner

सञ्चार तथा सूचना प्रविधि मन्त्रीमा नैनकला थापाको नियुक्त भएसँगै उनको नाम चर्चामा छ । नेपालमा राजनीतिमा खासै नसुनिएको नाम सञ्चार मन्त्रीमा भएपनि अझ धेरैको चाँसो बढेको हो । 

राजनीति वृत्तमा उनको नाम नयाँ भने होइन । तत्कालीन माओवादी सैनिक कमाण्डर हुदा उनी रामबहादर थापा ‘बादल’की श्रीमति र पछि गृहमन्त्री रामबहादुर थापाकी श्रीमतिका रुपमा परिचय पाइन । 

सञ्चार मन्त्रीमा नियुक्त नैनकलाले फेसबुकमा आफ्नो नाम भने बर्खा थापा राखेकी छिन्। 

माओवादी शान्ती प्रकृयामा आएर पुष्पकमल दाहाल ‘प्रचन्ड’ प्रधानमन्त्री बनेपछि उनी राष्ट्रिय महिला आयोगको अध्यक्षमा नियुक्त भइन् । आयोगको तेस्रो कार्यकालको अध्यक्षका रुपमा उनले काम गरेकी थिइन । 

त्यसपछि उनको परिचय फराकिलो बन्दै गयो । 

 उनको राजनीतिक जीवन भने ३६ सालको विद्यार्थी आन्दोलनबाट सुरु भएको थियो । बुटबलमा जन्मिएकी नैकललाले बुटबल र चितवनमा अध्ययन गरेकी थिइन । ५९ वर्षे नैनकलाले बीए र बीएड गरेकी छिन् । 

उनका श्रीमान रामबहादुर थापा बादल भूमिगत हुदा उनले शिक्षिका भएकार काम गरेकी थिइन । विद्यार्थीकालमा पनि राजनीतिमा सक्रिय रहिन । 

महिला आयोगको अध्यक्षको रुपमा २ वर्षसम्म काम गर्दा उनको नाम मिडियामा केही आउँथ्यो । त्यहाँबाट बिदा भएपछि भने राजनीतिमा देखिनन् । 

प्रधानमन्त्री केपी शर्माओलीले उनको नाम सञ्चार तथा सूचना प्रविधि मन्त्रीमा समावेश गरेसँग उनको चर्चा एक्कासी बढेको छ । 

पुर्नगठिन मन्त्रीपरिषदमा खाली रहेका मन्त्रालयमा थप मन्त्रीहरु नियुक्त गर्दै ओलीले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा थापालाई नियुक्त गरेका हुन् । 

ad

यो पनि पढौँ

सेयर बजारको समस्या मिलेर समाधान गरौं

कोर्पोरट आवाज डट कम

जेठ ५ पछि ठाउँ हेरी लकडाउन खुकुलो हुनसक्छ : विष्णु रिमाल

कोर्पोरट आवाज डट कम

नेपालमा ४ हजार बालबालिकाको मृत्यु हुन सक्ने युनिसेफको चेतावनी

कोर्पोरट आवाज डट कम