४ आश्विन २०८३, आईतवार / September 19, 2026
www.corporateaawaj.com  |   कोर्पोरट आवाज डट कम
समाचार

मासिक ३ लाख पेन्सन बाढ्न थाल्यो सामाजिक सुरक्षा कोष, २ महिना योगदान गरेका परिवारले पनि पाउँदै

banner

काठमाडौं । सामाजिक सुरक्षा कोषबाट नियमित पेन्सन पाउनेको संख्या ३३ पुगेको छ । कोषमा आवद्ध भएका योगदानकर्ताको पति वा पत्नी तथा आश्रित परिवार गरी सो संख्यामा पेन्सन पाउन थालेका हुन् ।

कोषका अनुसार २ महिना (दुई किस्ता) मात्रै कोषमा रकम योगदान गरेका योगदानकर्ताको पति वा पत्नी तथा आश्रित परिवारले पेन्सन पाइरहेका छन् । यस्तै, योगदानकर्ताको सन्ततिले शैक्षिक बृत्ति अन्तरगतको सुविधा पनि पाइरहेका छन् ।

कोषले दिएको जानकारी अनुसार योगदानकर्ता प्रकाश तामाङ मोक्तानले कोषमा २ महिना मात्रै योगदान गरेका थिए । उनको निधनपछि कोषले २०७६ असोजदेखि उनका बाबु आमालाई ‘आश्रित बाबु आमाले पाउने सुविधा’ अन्तरगत मासिक १० हजार २ सय रुपैयाँ रकम दिइरहेको छ ।

यस्तै, २ महिना मात्रै रकम योगदान गरेका रुपेन्द्र थापाकी श्रीमतीले पनि कोषबाट मासिक पेन्सन पाउँदै आएकी थिइन् । योगदानकर्ता थापाको निधनपछि उनकी श्रीमतीले २०७६ असोजदेखि मासिक १७ हजार १ सय रुपैयाँ पेन्सन पाउँदै आएकी थिइन् । थापाकी श्रीमतीको पनि केही समय अघि निधन भइसकेको छ ।

कोषका योजना अनुसार योगदानकर्ताका परिवारले लाभ प्राप्त गरिरहेको कोषको तथ्यांकले देखाएको छ । कोषका अनुसार योगदानकर्ता अनिता रिजालको निधनपछि उनका श्रीमान्ले २०७७ असारदेखि मासिक २३ हजार ५२२ रुपैयाँ र उनका एक सन्तानले शैक्षिक वृत्ति योजना अनुसार मासिक १५ हजार ६८२ रुपैयाँ पाउँदै आएका छन् । रिजालले कोषमा ११ महिना योगदान गरेकी थिइन् ।

योगदानकर्ता आइतसिंह लोप्चनको निधनपछि उनकी श्रीमतीले २०७६ पुसदेखि मासिक १४ हजार २०५ रुपैयाँ पेन्सन पाइरहेकी छन् । लोप्चनले कोषमा ५ महिनाको रकम योगदान गरेका थिए । अर्का योगदानकर्ता उत्तरबहादुर थिङको निधनपछि उनकी श्रीमतीले मासिक १२ हजार ३ सय ९० रुपैयाँ पेन्सन पाइरहेकी छिन् । थिङले कोषमा जम्मा ४ महिना मात्रै कोषमा रकम जम्मा गरेका थिए ।

अर्का योगदानकर्ता कामेश्वर यादबको निधन भएपछि उनकी श्रीमतीले २०७७ कात्तिकदेखि मासिक ५ हजार ८२० रुपैयाँ पेन्सन पाइरहेकी छन् । यादबले कोषमा १५ महिनाको रकम जम्मा गरेका थिए ।

कोषमा १२ महिना मात्रै रकम जम्मा गरेका तेजबहादुर शाक्यको निधनपछि उनकी श्रीमतीले २०७७ कात्तिकदेखि मासिक ८ हजार ९७४ रुपैयाँ पेन्सन पाइरहेकी छन् । कोषमा ४ किस्ता मात्रै रकम योगदान गरेका दलबहादुर खड्काकी श्रीमतीले मासिक ४ हजार ८७७ रुपैयाँ पेन्सन लिइरहेकी छन् भने उनका २ सन्तानले मासिक ४ हजार ८७७ रुपैयाँ नै शैक्षिक बृत्ति वापतको रकम पाइरहेका छन् ।

कोषमा १७ महिना योगदान गरेका ध्रुवकुमार कार्कीको निधन भएपछि उनकी श्रीमतीले २०७७ पुसदेखि कोषबाट मासिक ८ हजार ८९२ रुपैयाँ पेन्सन पाइरहेकी छन् । कोषमा ७ महिना योगदान गरेका निर्मल कुमार थापाको निधनपछि उनकी श्रीमतीले मासिक ५ हजार १ सय रुपैयाँ पेन्सन र उनका एक सन्ततिले मासिक ३ हजार ४ सय रुपैयाँ शैक्षिक बृत्तिवापत पाइरहेका छन् ।

कोषले अहिले मासिक ३ लाख ४ हजार रुपैयाँभन्दा बढी आश्रित परिवारलाई पेन्सन र सन्ततिलाई शैक्षिक वृत्ति वापतको रकम दिइरहेको छ । यो संख्या बढिरहेको कोषले जानकारी दिएको छ । कोषका अनुसार थप ३७ जना योगदानकर्ताको आश्रित परिवार कोषबाट सुविधा लिने प्रक्रियामा छ ।

ad

यो पनि पढौँ

कांग्रेसका महामन्त्री शशांक कोइरालाको गाडी डुब्यो

कोर्पोरट आवाज डट कम

‘मौद्रिक नीति शुक्रबार आउँछ, अर्थमन्त्रालयले रोक्यो भन्ने हल्ला गलत’

कोर्पोरट आवाज डट कम

बलात्कार आरोपमा सशस्त्रका एसएसपी पक्राउ

कोर्पोरट आवाज डट कम