२२ चैत्र २०८२, आईतवार / April 5, 2026
www.corporateaawaj.com  |   कोर्पोरट आवाज डट कम
प्रेस विज्ञप्ति

गुहेश्वरी मर्चेण्ट २०औँ वर्षमाः ६ अर्ब २१ करोड निक्षेप संकलन, ४ अर्ब ६० करोड कर्जा प्रवाह

banner

गुहेश्वरी मर्चेण्ट बैंकिङ एण्ड फाइनान्स आजदेखि १९ वर्ष पूरा गरी २० औँ वर्षमा प्रवेश गरेको छ ।

यो १९ वर्षको अवधिमा संस्थाले निक्षेप संकलन रु. ६ अर्ब २१ करोड तथा कर्जा रु. ४ अर्ब ६० करोड प्रवाह गरी २०७७ चैत मसान्तसम्ममा रु. १० करोड ८४ लाख सञ्चालन नाफा गरेको छ । २०७७ चैत मसान्तमा निष्कृय कर्जा ०.२५ प्रतिशत रहेको छ । संस्थाको चुक्ता पूँजी ८६ करोड ४० लाख रुपियाँ र जगेडा कोषमा रु. ४७ करोड ८७ लाख रहेको प्रमुख कार्यकारी अधिकृत राजेशकुमार श्रेष्ठले आज विज्ञप्ति प्रकाशित गरी जनाएका छन् । 

संस्थाको १९औँ वार्षिकोत्सवका अवसरमा संस्थागत सामाजिक उत्तरुदायित्व अन्तरगत काठमाडौँ क्षत्रपाटी स्थित छत्रपाटी निःशुल्क चिकित्सालयलाई अक्सिजन प्लान्ट स्थापना गर्न काठमाडौँ १७ का वडाध्यक्ष नबिन मानन्धरको उपस्थितिमा चिकित्सालयका कोषध्यक्ष सजनी जोशीलाई सीईओ श्रेष्ठले सहयोग रकम हस्तान्तरण गरेका छन् । 

उक्त कार्यक्रममा चिकित्सालय सञ्चालक समितिका महासचिव राजेन्द्रप्रसाद मानन्धर, वरिष्ठ अधिकृत निना शाक्या र गुहेश्वरीका मुख्य प्रबन्धक अर्चना प्रधान, प्रबन्धक शिवराज भण्डारी, अनुपालना अधिकृत दिपेशरत्न शाक्यको उपस्थिति थियो । 

साथै, ललितपुर बुङ्मति स्थिर अपाङ्ग सेवा संघलाई विगत ३ वर्षदेखि वार्षिक खाद्यान्न अनुदान दिंदै आएकोमा सो अनुदान १ वर्षको लागि निरन्तरता दिने गरी सो संस्थाका अध्यक्ष दयाराम महर्जनसँग सम्झौता गरिएको छ । 

यस संस्थाको प्रधान कार्यालयसहित २१ वटा शाखा कार्यालय, २ वटा एक्सटेन्सन काउन्टरबाट बैंकिङ सेवा प्रदान गर्दै आएको सीईओ श्रेष्ठले बताए ।     

ad

यो पनि पढौँ

होयन पावर मिट्स स्पिडः शाओमीले नेपालमा पोको एफ ३ लन्च गर्यो

कोर्पोरट आवाज डट कम

बालेनलाई बैंकहरुको पनि साथ, नबिलको १८ शाखाका शौचालय अब ‘पब्लिक ट्वाइलेट’

कोर्पोरट आवाज डट कम

नियोलाइट जनरल इन्सुरेन्स अन्तिम चरणमा

कोर्पोरट आवाज डट कम