२२ चैत्र २०८२, आईतवार / April 4, 2026
www.corporateaawaj.com  |   कोर्पोरट आवाज डट कम
प्रेस विज्ञप्ति समाचार

बालेनलाई बैंकहरुको पनि साथ, नबिलको १८ शाखाका शौचालय अब ‘पब्लिक ट्वाइलेट’

banner

काठमाडौं । नबिल बैंकले उपत्यकामा आफ्नो शाखाका शौचालय सार्वजनिक बनाउने भएको छ । बैंकले काठमाडौ उपत्यकामा रहेका १८ वटा शाखा कार्यालयमा रहेको शौचालयलाई सार्वजनिक  बनाउने भएको हो ।

बुधबार एक कार्यक्रमको आयोजना गर्दै काठमाडौ महानगरपालिका र नबिल बैंकबीच सम्झौता भएको हो । सम्झौतामा नबिल  बैंकका कार्यकारी निर्देशक अनिल केशरी शाह र काठमाडौ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लोकनाथ पौडेलले हस्ताक्षर गरेका छन् ।

काठमाडौं महानगरपालिकाले होटल, रेष्टुरेन्ट, बैंक लगायतले शौचालय सार्वजनिक रूपमा सर्वसाधारणलाई प्रयोग गर्न दिने भए सात दिनभित्र सम्पर्कमा आउन आग्रह गरेको थियो ।

महानगरका अनुसार हाटल रेस्टुरेन्ट, बैंक, व्यापारिक भवन, मल, सपिङ कम्प्लेक्स, कम्पनी, फर्म, व्यवसायी, गैर सरकारी सघं संस्थाले सात दिनभित्र प्रस्ताव पेश गर्न सक्ने छन् ।

ad

यो पनि पढौँ

अब मेरोशेयरको पासवर्ड बिर्सिएमा आफैले पासवर्ड रिसेट गर्न सकिने, यस्तो छ प्रक्रिया

कोर्पोरट आवाज डट कम

चीनका लागि नेपाली राजदूतमा पाण्डे नियुक्त

कोर्पोरट आवाज डट कम

मुक्तिनाथ विकास बैंकले बनायो मन्दिरमा प्रतिक्षालय

कोर्पोरट आवाज डट कम