२२ चैत्र २०८२, आईतवार / April 4, 2026
www.corporateaawaj.com  |   कोर्पोरट आवाज डट कम
समाचार स्वास्थ्य

जी सेभेनका देशले १ अर्ब डोज खोप दान गर्ने

banner

विश्वका धनी मुलुकहरुको संगठन जी सेभेनमा रहेका मुलुकले एक वर्षमा १ अर्ब डोज कोरोनाविरुद्धको खोप दान गर्ने भएका छन्। जी सेभेन मुलुकको भर्चुअल शिखर सम्मेलनम खोप दान गर्ने घोषणा गरिएको बीबीसीले उल्लेख गरेको छ।

बीबीसीका अनुसार बेलायततेमात्र १० करोड डोज दान गर्ने घोषणा गरेको छ। बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले सम्मेलनमा बेलायतले १० करोड डोज खोप दान गर्ने घोषणा गरेका छन्। यसरी दिइनेृ खोप अनुदान दुई तरिकाबाट दिइने जनाइएको छ। कोभ्याक्स कार्यक्रम वा सिधै दान दिने बीबीसीले उल्लेख गरेको छ।

बेलायती प्रधानमन्त्री जोन्सनले जी सेभेनले गरेको घोषणा कोरोनाविरुद्धको लडाइँमा ठूलो कदम भएको बताएका छन्।

जी सेभेनमा अमेरिका, बेलायत, फ्रान्स, जर्मनी, इटाली, जापान र क्यानडा छन्। यी संसारकै सबैभन्दा ठूलो अर्थतन्त्र भएका विकसित मुलुक हुन्।

ad

यो पनि पढौँ

मेडिसिटी अस्पतालद्वारा यती तथा तारा एयरका पाइलट र क्रुलाई हस्पिटल केयर प्रशिक्षण

कोर्पोरट आवाज डट कम

मानिसमा डिसइन्फेक्टेन्ट छर्किनु हानिकारक : स्वास्थ्य मन्त्रालय

कोर्पोरट आवाज डट कम

को हुन् फेसबुकमा बर्खा थापा लेख्ने सञ्चार मन्त्री नैनकला ?

कोर्पोरट आवाज डट कम