४ आश्विन २०८३, आईतवार / September 19, 2026
www.corporateaawaj.com  |   कोर्पोरट आवाज डट कम
प्रेस विज्ञप्ति

सांग्रिला बैंकको डिवेञ्चरको बिक्री असार ६ गतेदेखि खुल्ने, ब्याज ९ प्रतिशत पाइने

banner

सांग्रीला डेभलपमेन्ट बैंक लिमीटेडको १० वर्षे अवधिको ऋणपत्रको बिक्री आगामी असार ६ गतेदेखि खुल्ला हुने भएको छ ।
बैंकले रु. ७५ करोड रुपैयाँ ऋणपूँजी रकम बराबरको “सांग्रिला डेभलपमेन्ट बैंक डिवेञ्चर २०८७” को निष्काशन गर्न लागेको हो ।
असार ६ गतेदेखि निश्कासन हुने ऋणपत्रमा छिटोमा असार ९ गतेसम्म र ढिलोमा असार २० गतेसम्म आवेदन दिन सकिनेछ ।
वार्षिक ९ प्रतिशत ब्याजदर भएको ऋणपत्र प्रतिइकाई रु. १००० दरमा किन्न पाइनेछ ।
कुल निश्कासन हुने ७ लाख ५० हजार इकाई(युनिट) डिवेञ्चरमध्ये ४ लाख ५० हजार युनिट व्यक्तिगत तवरबाट बिक्री गरिनेछ भने ३ लाख युनिट सर्वसाधारणका लागि सार्वजनिक निश्कासनको माध्मयबाट बिक्री गरिनेछ ।
सर्वसाधारणलाई सुरक्षित गरिएको ऋणपत्रका इकाईमध्ये ५ प्रतिशतले हुन आउने १५ हजार युनिट भने सामूहिक लगानी कोषहरुलाई बाँडफाँड भइसकेको छ ।
बैंकको ऋणपत्रका लागि निश्कासन तथा बिक्री प्रबन्धकको रुपमा एनआइबिएल एस क्यापिटल लिमिटेड रहेको छ भने श्री नागरिक लगानी कोषसँग यसअघि नै डिवेञ्चर प्रत्याभूत सम्बन्धी सम्झौता समेत भइसकेको छ ।

ad

यो पनि पढौँ

इसेवाबाट मनकामना केबलकारको टिकट काट्दा हिराको हारदेखि आइफोन १३ जित्न सकिने

कोर्पोरट आवाज डट कम

क्यानमा आबद्ध व्यवसायीलाई ज्योति विकास बैंकले १५ लाखसम्मको कर्जा दिने

कोर्पोरट आवाज डट कम

एन आई सी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले digital सेवा मार्फत भुक्तानी सेवाको शुरुवात ।

कोर्पोरट आवाज डट कम