२२ चैत्र २०८२, आईतवार / April 5, 2026
www.corporateaawaj.com  |   कोर्पोरट आवाज डट कम
खेलकुद समाचार

महिला भलिबल टिमको प्रशिक्षण मंगलबारबाट

banner

नेपाल भलिबल संघ (एनभीए) ले फिलिपिन्समा आयोजना हुने एसियन सिनियर महिला भलिबल च्याम्पियनसिपका लागि असार १ गतेबाट टिमको बन्द प्रशिक्षण सुरु गर्ने भएको छ ।

भलिबल संघका उपाध्यक्ष तथा नेपाली टिम व्यवस्थापक निरोज मास्केले महिला टिमको प्रशिक्षण मंगलबारबाट सुरु हुने जानकारी गराईन् ।

‘यस अघिनै गर्ने तयारी भएको अभ्यास सत्र मंगलबारबाट सुरु गर्नेछौं । जसका लागि खेलाडीको कोरोना परिक्षण (पीसीआर) समेत भईरहेको छ ।’ मास्केले खेलपाटीसँग भनिन् ।

यस अघि जेठ २१ गतेबाट सुरु गर्ने भनिएको प्रशिक्षण निषेधाज्ञाका कारण सबै खेलाडी काठमाडौं आईनपुग्दा संघले प्रशिक्षण केहि समयका लागि  स्थगित गरेको थियो ।

प्रशिक्षणमा डाकिएका सबै खेलाडीको पीसीआर सकिएपछि होटलमा राखेर तयारी गर्ने उनले जानकारी गराईन । मास्केले अहिलेसम्म पीसीआर गरेका सबै खेलाडीको रिपोर्ट नेगेटिभ आएको समेत जानकारी दिईन ।

त्रिभुवन आर्मी, न्यु डायमण्ड, एपीएफका खेलाडीको पीसीआर गरिरहेको छ । पुलिस क्लबमा आबद्द भएका खेलाडीको पीसीआर भोलि हुनेछ ।

संघले चैतमा सम्पन्न पाँचौं संस्करणको आरबीबी एनभीए राष्ट्रिय महिला तथा पुरुष क्लब लिग भलिबल च्याम्पियनसिपमा उत्कृष्ट प्रदर्शन गर्ने ३० खेलाडीलाई प्रशिक्षणमा बोलाएको छ ।

मास्केसहित नेपाली टिमका प्रशिक्षक जगदिश भट्ट र प्रज्वल बहादुर सिंहको छनोट समितिले ३० खेलाडी छनोट गरेको हो । जसमा पाँच बैकल्पिक खेलाडी समेत राखिएको छ ।

संघले टिमको मुख्य प्रशिक्षकको जिम्मेवारी भट्ट तथा र ट्रेनरको जिम्मेवारी अन्जु श्रेष्ठलाई दिएको छ । 

संघले बोलाएको प्रारम्भिक टिममा बिनिता बुढाथोकी र नेविका चौधरी परेकी छैनन् । आर्मीका कप्तान कृपा अधिकारीले २ वर्षपछि राष्ट्रिय टोलीको प्रारम्भिक टिममा स्थान बनाएकी छिन् ।

न्यु डायमण्ड स्पोर्ट्स क्लबका बाल्मिका आचार्य, झरना श्रेष्ठ, रिया कुँवर र रिमा कुवँर पहिलो पटक बन्द प्रशिक्षणमा परेका हुन् ।

संघले बैकल्पिक खेलाडीमा भतरपुरकै आरती सुवेदी, निशा चौधरी, डायमण्डकी प्रगती नाथ, ढोरपाटनबाट पुष्पा शाही र नेपाल पुलिसबाट पुष्पा चौधरीलाई राखेको छ ।

प्रशिक्षणमा आर्मीबाट सर्वाधिक ८ खेलाडी पर्दा डायमण्ड, पुलिस र एपीएफबाट समान ७–७ खेलाडी परेका छन् । यस्तै भरतपुर मेट्रोबाट एक खेलाडी परेका छन् ।


बन्द प्रशिक्षणमा परेका खेलाडी –

आर्मी क्लब – सोफिया पुन, सुनिता खड्का, जानकी भण्डारी, शान्ति थारु, सरस्वती जैसी, कृपा अधिकारी, सृष्टि खड्का, संगम महतो

न्यु डायमण्ड – प्रतिभा माली, अरुणा शाही, सलिन श्रेष्ठ, रिया कुवँर, रिमा कुँवर , झरना श्रेष्ठ, बाल्मिका आचार्य

नेपाल पुलिस – उषा भण्डारी, कमला पुन, पुनम चन्द, कामना बिष्ट, मनिषा चौधरी, शान्तिकला तामाङ, लक्ष्मी चन्द

एपीएफ – सरस्वती चौधरी, निरुता ठगुन्ना, उषा कुमारी बिष्ट, हिरा केसी, रेश्मा भण्डारी, कविता भट्ट, पुजा चौधरी

भरतपुर – सरस्वती कट्टेल

ad

यो पनि पढौँ

निषेधाज्ञामा पसल खेलेकाे भन्दै भाटभटेनी डिपार्टमेन्ट स्टोरका म्यानेजर गुरूङ पक्राउ

कोर्पोरट आवाज डट कम

अष्ट्रेलियाको सिड्नी जाने भयो नेपाल एयरलाइन्स

कोर्पोरट आवाज डट कम

कोरोनासँग जुध्न चुक्दै सरकार

कोर्पोरट आवाज डट कम