
आजमिति २०७८ जेठ २८ गते, शुक्रबार, नागरिक केयर सेन्टर, विराटनगरलाई एभरेष्ट बैंक लिमिटेडले रु. पाँचलाख सहयोग रकमउपलब्ध गराएको छ । कोभिड १९ महामारीको रोकथाम, नियन्त्रण एवं स्वास्थ्योपचारमा सहजीकरण गर्दै आएको नागरिक केयर सेन्टरलाई एभरेष्ट बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिकउत्तरदायित्वअनुरुपउक्त रकम सहयोग स्वरुपउपलब्ध गराएको जानकारी बैंकका क्षेत्रीयप्रबन्धकश्री पूर्ण बहादुर श्रेष्ठले दिनु भई नागरिक केयर सेन्टरकाअध्यक्षश्री पवनकुमार सारडाज्यू र वरिष्ठ उपाध्यक्षश्री महेश कुमार जाजू मार्फत उक्त रकम बराबरको चेक हस्तान्तरण गर्नु भएको थियो ।
चेक हस्तान्तरण कार्यक्रममानागरिक केयर सेन्टरकाअध्यक्षश्री पवनकुमार सारडाज्यू, वरिष्ठ उपाध्यक्षएवं कोषाध्यक्षश्री महेश कुमार जाजूज्यू, एभरेष्ट बैंक लि., प्रदेश नं. १का क्षेत्रीयप्रबन्धकश्री पूर्ण बहादुर श्रेष्ठज्यू लगायतनागरिक केयर सेन्टरका सदस्यश्री नविन रिजालज्यू, मोरंग व्यापार संघका कार्यकारी प्रमुखश्री कृष्ण रेग्मीज्यू, वरिष्ठ अधिकृत श्री विनय कर्ण लाभज्यू, एभरेष्ट बैंक लि., विराटनगरकाशाखाप्रबन्धकश्री साजन के.सी.ज्यू र क्षेत्रीयकार्यालयकाश्री रमेश भण्डारीज्यूको उपस्थिति रहेको थियो ।


