४ आश्विन २०८३, आईतवार / September 19, 2026
www.corporateaawaj.com  |   कोर्पोरट आवाज डट कम
समाचार स्वास्थ्य

बाढीपहिरोका कारण पानीजन्य रोग फैलन सक्छ, सचेत रहनू : स्वास्थ्य मन्त्रालय

banner

सरकारले बाढीपहिरोको जोखिमसँगै कोभिड–१९ संक्रमण लगायत पानीजन्य रोगहरु बढ्न सक्ने भन्दै सचेत रहन सबैमा अपील गरेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले बिहीबार एक विज्ञप्ति जारी गर्दै केही दिनदेखि परेको अविरल वर्षाका कारण धेरै स्थानमा बाढीपहिरो जाँदा पानीका मुहानहरु दुषित हुने र सरसफाइसम्बन्धी जनस्वास्थ्यका समस्याहरु झनै बढ्न सक्ने भन्दै सबै नागरिक सजर हुनु जरुरी रहेको बताएका हुन् ।

‘बाढी पहिरोको जोखिमसँगै कोभिड–१९ संक्रमण, पानीजन्य रोगहरु, लामखुट्टेले हुने रोगहरु, सरसफाइसम्बन्धी समस्याहरु झनै बढ्नसक्ने तर्फ सबै सजग हुनु जरुरी देखिन्छ । उद्धार, राहत आदि कार्यहरुमा जुट्दा कोभिड–१९ विरुद्ध जनस्वास्थ्यका मापदण्डहरुको ख्याल गरी पालना गर्न गाउन, सफा पिउने पानीको प्रवन्ध गर्न, उपयुक्त गाँस र वासको प्रवन्धसँगै, सरसफाइ तथा लामखुट्टेको टोकाइबाट बच्ने उपायहरुमा ध्यान दिन अनुरोध छ’ विज्ञप्तिमा भनिएको छ ।

सरकारले अहिलेको विषम परिस्थितमा घाइते, संक्रमित तथा प्रभावितहरुको उपचारका लागि आवश्यक सबै प्रवन्ध मिलाउने कार्य गरिरहेको डा अधिकारीको भनाइ छ ।

बाढीपहिरोका कारण बेपत्ता भएका नागरिकहरुको खोजी तथा प्रभावित व्यक्तिहरुको उद्धारमा सरकारका सबै संयन्त्र परिचालन भएको भन्दै यस कार्यमा सघाउन उनले अपील समेत गरेका छन् ।

ad

यो पनि पढौँ

मुस्ताङको भिडियो ट्वीट गर्दै डब्ल्यूएचओका महानिर्देशकले गरे स्वास्थ्यकर्मीको प्रशंसा

कोर्पोरट आवाज डट कम

नेपाल दूरसञ्चार प्राधिकरणले नेपालमा भास सेवाहरुको सम्भावना पहिचान गर्ने

कोर्पोरट आवाज डट कम

चीनबाट अनुदान प्राप्त काेराेना विरूद्धकाे खोप आजबाट लगाइँदै

कोर्पोरट आवाज डट कम