४ आश्विन २०८३, आईतवार / September 19, 2026
www.corporateaawaj.com  |   कोर्पोरट आवाज डट कम
समाचार

राँगाको आक्रमणबाट रौतहटमा महिलाको मृत्यु

banner

रौतहटको पूर्वीभेग बृन्दावन नगरक्षेत्र अन्तर्गत राँगाको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ । बृन्दाबन नगरक्षेत्र अन्तर्गत आमलाल साझेदारी बन भित्र राँगाको आक्रमणबाट वडा २ की ४० वर्षीया रामकली पाश्वानको घटनास्थलमै मृत्यु भएको हो । 

अन्य तीनजना महिलासंग वनबाट  दाउरा ल्याउँदै गर्दा  शुक्रबार साँझ एक्कासि वनभित्रै राँगाले आक्रमण गर्दा पाश्वानको ज्यान गएको ईलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपी ज्ञानकुमार महतोले जानकारी दिएका छन् । 

घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

रौतहटको पूर्वीभेग वनबाट जोडिएको सर्लाहीका तस्करहरुले वनबाट काठ तस्करी गर्न राँगाहरु प्रयोग गर्दछन् ।

ad

यो पनि पढौँ

नेपाली चेली सविना श्रेष्ठ को’रोना भ्याक्सिन बनाउने जोन्सन कम्पनीको उत्कृष्ट कर्मचारी घो’षित

कोर्पोरट आवाज डट कम

एकदिवसीय डेब्युमा शतक बनाउने पाँच एसियाली खेलाडी

कोर्पोरट आवाज डट कम

श्रीमान मलेसियाबाट फर्केको ३ महिनामा श्रीमतीले छोरी जन्माइन, बाबुले अस्वीकार गरेपछि घाँटी थिचेर हत्या

कोर्पोरट आवाज डट कम