२२ चैत्र २०८२, आईतवार / April 4, 2026
www.corporateaawaj.com  |   कोर्पोरट आवाज डट कम
राजनीति समाचार

ढुङ्गा, गिट्टी र बालुवा निकासीको निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश

banner

 सर्वोच्च अदालतले खानीजन्य पदार्थ ढुङ्गा, गिट्टी र बालुवा निकासी गर्ने गरी सरकारले आर्थिक वर्ष २०७८–७९ को बजेटमा वक्तव्यमा गरेको व्यवस्था कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा, न्यायाधीशहरु दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र विश्वम्भरप्रसाद श्रेष्ठको इजलासले शुक्रबार बजेट बक्तव्यको बुँदा नम्बर १९९ तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको हो ।

अर्थमन्त्री विष्णु पौडेलले जेठ १५ गते प्रस्तुत गरेको बजेट वक्तव्यको १९९ नम्बर बुँदामा व्यापार घाटा कम गर्न ढुङ्गा, गिट्टी, बालुवा लगायतका खानीजन्य पदार्थ निकासी गर्ने निर्णय थियो ।

उक्त निर्णयले चुरे संरक्षण क्षेत्रमा गम्भीर असर पर्ने भन्दै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, अधिवक्ता डा. पुण्यप्रसाद खतिवडासहितले उक्त व्यवस्था कार्यान्वयन नगराउन अदालतसमक्ष माग गरेका थिए ।

सरकारले ढुंगा, गिटी निकासी खुला गरेर चुरे दोहन गर्न लागेको भन्दै चौतर्फी विरोध समेत भएको थियो ।

ad

यो पनि पढौँ

अभिनेत्री एवं निर्मात्री जेनी कुँवरले गरिन् आत्महत्या

कोर्पोरट आवाज डट कम

नेपाल लाइफ इन्स्योरेन्सद्वारा शिक्षण अस्पताललाई १०० वटा ह्वीलचियर हस्तान्तरण

कोर्पोरट आवाज डट कम

धुलिखेल अस्पतालमा आजदेखि कोरोना परीक्षण सुरु

कोर्पोरट आवाज डट कम