२२ चैत्र २०८२, आईतवार / April 5, 2026
www.corporateaawaj.com  |   कोर्पोरट आवाज डट कम
समाचार

११ थान मूर्तिसहित दुई जना पक्राउ

banner

काठमाडौँको गोकर्णेश्वर नगरपालिका–४ कृष्ण मन्दिरबाट चोरी भएका ११ थान मूर्तिसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा गोकर्णेश्वर नगरपालिका–७ दक्षिण ढोका बस्ने ओखलढुङ्गाको लिखु गाउँपालिका–९ का ४२ वर्षीय अङ्कित घिमिरे र गोकर्णेश्वर नगरपालिका–८ बालुवाखानी बस्ने सर्लाही रामनगर गाउँपालिका–६ का ४६ वर्षीय रुपनारायण शाह रहेका छन् ।

उक्त मन्दिरबाट गत जेठ २३ गते मूर्ति चोरी भएको थियो । प्रहरीमा प्राप्त सूचनाका आधारमा महानगरीय प्रहरी वृत्त बौद्ध र महानगरीय प्रहरी प्रभाग गोकर्णबाट खटिएको प्रहरीले उनलाई मूर्तिसहित गएराति पक्राउ गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ

यसैबीच काठमाडौँ महानगरपालिका–६ कपनबाट आज एक किलो अवैध लागूऔषध गाँजा सहित दुई किशोरलाई प्रहरीले पक्राउ गरेको छ । लागऔषध गाँजा सेवन तथा बिक्री गर्ने गरेको भन्ने सूचनाको आधारमा महानगरीय प्रहरी प्रभाग कपनबाट खटिएको प्रहरीले प्लाष्टिकमा पोका पारी राखिएको अवस्थामा उक्त गाँजा फेला पारी उनीहरुलाई पक्राउ गरेको हो । दुबै घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाइएको छ ।

ad

यो पनि पढौँ

भेरोसेलको दोश्रो मात्रा लगाउन सर्वसाधारणको लाइन

कोर्पोरट आवाज डट कम

गाडी किन्ने र बेच्नेका दुःखः पैसा छैन, कर्जा पाइन्न

कोर्पोरट आवाज डट कम

सनराइज बैंकद्वारा २०७७ सालको क्यालेन्डर अनलाइनमार्फत सार्वजनिक

कोर्पोरट आवाज डट कम