
हाल विश्वव्यापी महामारी रुपमा फैलिरहेको कोभिड–१९ को दोस्रो लहरको कारण मानविय दैनिक जीवन कष्टकर बन्दै जानुका साथै संक्रमित व्यक्तिहरुको संख्यामा दिनानुदिन बृद्धि हुँदै गएकोले नेपाल सरकार, स्थानीय निकाय तथा जिल्ला प्रशासनहरुले देशव्यापी निषेधाज्ञा अवधि बढाउँदै गईरहेकोेले देशका ठूला ठूला औद्योगिक कलकारखाना तथा व्यापार व्यवसायहरु पूर्ण रुपमा धरासायी हुँदै गईरहेको अवस्थामा ग्रामीण भेगका साना साना व्यापार, व्यवसाय तथा दैनिक ज्यालादारी मजदुरहरुको नियमित आयआर्जनमा समेत प्रतिकूल असर पर्न गएको अवस्थामा मुलुकभर सबैभन्दा धेरै शाखा कार्यालयका सञ्जालहरू मार्फत आफ्ना लाखौं ग्राहक महानुभावहरू माझ लघुवित्त सेवा प्रदान गर्दै आइरहेको एन आई सी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले भाखा नाघेका ऋणी सदस्यहरुलाई २०७८ असाढ मसान्त सम्ममा भुक्तानी गर्नुपर्ने कुल बक्यौता साँवा र ब्याज रकम संस्थालाई चुक्ता गरेमा कूल ब्याज रकमको १०% छुट प्रदान गर्ने योजना सार्वजनिक गरेको छ । त्यस्तै असाढ मसान्त सम्ममा संस्थालाई भुक्तानी गर्नु पर्ने सम्पुर्ण वक्यौता रकम चुक्ता गरेका नियमित ऋणी सदस्यहरुको हकमा २०७८ श्रावण मसान्तबाट लागु हुने गरी निजको ऋणको भाखा ननाघुन्जेल सम्मको लागि कर्जा व्याजदरमा १% छुट प्रदान गरीने छ ।
यस्तो विषम परिस्थितीमा कोभिड १९ दोस्रो लहरको संक्रमणका कारण दुःख भोगिरहेका संघर्षरत हाम्रा सम्पूर्ण सदस्यहरुलाई सहयोग गर्न पाउनु यस वित्तीय संस्थाको लागि अवसर तथा ग्राहक सदस्यहरुको लागि राहत पनि हो । त्यसैले यस निर्णयका कारण हाल वित्तीय संस्थामा आबद्ध सदस्यहरुसँगको सम्बन्ध दिगो एवं सुमधुर हुने कुरामा संस्था विश्वस्त रहेको छ ।
यस वित्तीय संस्थाले आफ्नो रणनिति अनुरुप उच्चतम तथा नवीनतम प्रविधिलाई जोड दिदै संस्थाको दैनिक कृयाकलाप तथा समुह सदस्य र ऋणीहरुलाई समेत थप प्रभावकारी सेवा प्रदान गर्दै आईरहेको छ । यसैको फलस्वरुप संस्थाले म्ष्नष्तब िसेवालाई प्राथमिकतामा राखि हाल भ(कभधब मार्फत वचत तथा कर्जाको भुक्तानी गर्न सकिने सेवाको शुरुवात गरिसकेको छ ।
वित्तीय संस्थालाई आम जनमानसले गरेको प्रगाण विश्वास, अगाध स्नेह र वित्तीय संस्था प्रतिको भरोसाले गर्दा यो वित्तीय संस्था मुलुकभर ६९ जिल्लामा २५० शाखा कार्यालयहरुबाट सेवा प्रदान गर्दै आइरहेको छ । यस वित्तीय संस्थाले कार्यक्रम विस्तार गर्दा लघुवित्तको पहुँच नपुगेको दुर्गम स्थानिय तहहरुलाई प्राथमिकतामा राखिएको छ । यस त्रयमासको अन्त सम्ममा वित्तीय संस्थाले कुल १,४१,९९७ विपन्न परिवारमा लघुवित्त सेवा प्रदान गरेको छ । राष्ट्रिय स्तरको अग्रणि लघुवित्त संस्थाको रुपमा छोटो अवधिमै आफुलाई स्थापित गर्न सफल यस संस्थाले उत्पादनमुलक तथा कृषि क्षेत्रमा आधारित कर्जा लाई प्राथमिकतामा राखि वित्तीय सेवाको पहुच नपुगेको क्षेत्रको पहिचान गरी सेवा प्रदान गर्ने निति तय गरी अघि बढिरहेको छ । यसका साथै यस वित्तीय संस्थाले पछिल्लो समयमा अग्नीपिडित परिवारहरुलाई खाद्यान्य तथा सामाग्री सहयोग, सितलहरबाट पिडित परिवारलाई लत्ताकपडा सहयोग, वृद्धा आश्रमलाई नगद सहयोग लगायतका विभिन्न सामाजिक उत्तरदायित्वको कार्यक्रमहरु गरि समाजिक कार्यहरुमा समेत आफुलाई स्थापित गर्दै आएको छ । आर्थिक बर्ष २०७६÷७७ मा यस वित्तीय संस्थाले आन्तरिक राजस्व विभागलाई रु.७,४०,०९,२७५ आयकर भुक्तनी गरि नेपाल सरकारको कर संकलन लक्ष्यलाई समेत थप टेवा पु¥याएको छ ।
साथी संगै सवल बन्दै भन्ने मुल नाराका साथ उत्तरदायी लघुवित्तीय सेवाको अभ्यास गर्दै आएको यस एन आई सी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडको नामबाट देशकै सबै भन्दा ठूलो शाखा संजाल र चुक्ता पूँजी भएको देशकै एक ठुलो सबल सक्षम एवं विश्वसनीय लघुवित्त वित्तीय संस्थाको रुपमा स्थापित हुनेछ । त्यस्तै उत्तरदायी लघुवित्तीय सेवाको अभ्यास गर्दै आएको एन आई सी एशिया लघुवित्त वित्तीय संस्थाले वित्तीय समावेशिकरणका लागि डोटी, जुम्ला, जाजरकोट, सल्यान, रसुवा, सिन्धुपाल्चोक जस्ता बैंक तथा वित्तीय संस्थाहरुको उपस्थिति न्युन रहेको दुर्गम जिल्लाहरुमा शाखा विस्तार गरी सेवा सञ्चालन गर्र्दै आएको र आगामी दिनहरुमा पनि सोहि अनुरुप कार्य गर्नेछ ।


