
बारा, ६ असार । सिमरास्थित जगदम्बा स्टिल उद्योगमा आज आगलागी हुँदा दुई भारतीय मजदुरको मृत्यू भएको छ । घटनामा चार मजदुर घाइते भएका छन् ।
उद्योगमा रहेको फर्निस आयलको ट्याङ्कीमाथि वेल्डिङ गर्ने क्रममा बेलुकी साढे सात बजे आगलागी भएको बताइएको छ।
आगलागीमा परी दुई मजदुरको घटनास्थलमै मृत्यू भएको जिल्ला प्रहरी कार्यालय बाराका डीएसपी दिपक श्रेष्ठले बताए । दुईवटा दमकलले एक घन्टा लगाएर आगो नियन्त्रणमा लिएको उनले जानकारी दिए ।
मृत्यू हुनेमा भारतको बिहारस्थित पश्चिम चम्पारण घर भएका ४० वर्षिय प्रदिप गौण र बिहानकै सिवान जिल्लाका ४५ वर्षिय रामनाथ महतो रहेका छन् ।


