२२ चैत्र २०८२, आईतवार / April 4, 2026
www.corporateaawaj.com  |   कोर्पोरट आवाज डट कम
फिचर समाचार

धनुषामा हतियारसहित दुई जना पक्राउ

banner

धनुषामा हतियारसहित दुई जनालाई पक्राउ गरिएको छ । जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार शहीदनगर नगरपालिकाबाट आइतबार दुई जनालाई हतियारसहित पक्राउ गरिएको हो । 

पक्राउ पर्नेमा धनुषाको कमला नगरपालिका–८ हरिने बस्ने १८ वर्षीय अक्षय पासवान र त्यसै ठाउँ बस्ने २० वर्षीय सुनिलकुमार साह रहेका प्रहरीले जनाएको छ । विशेष सूचनाका आधारमा शहीदनगर नगरपालिका–३ झण्डा चोकबाट सादा पोशाकमा खटिएका प्रहरी टोलीले ज १२ प ५१६५ नम्बरको मोटरसाइकललाई रोकी जाँच गर्दा हतियार फेला परेको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) जयराज सापकोटाले बताउनुभयो । 

डीएसपी सापकोटाले पक्राउ पर्नेको साथबाट एक थान कटुवा पेस्तोल र त्यसमा लाग्ने गोली तीन थान बरामद भएको बताउनुभयो । पक्राउ परेका दुवै जनालाई हतियार र मोटरसाइकलसहित नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासतमा राखी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

ad

यो पनि पढौँ

ललितपुरको ठैवबाट कस्तुरीको विना सहित २ जना पक्राउ

कोर्पोरट आवाज डट कम

बेलायती प्रधानमन्त्रीको स्वास्थ्य बिग्रियो, सघन उपचार कक्षमा भर्ना

कोर्पोरट आवाज डट कम

मेस्सी थप पाँच वर्ष बार्सिलोनामै रहने!

कोर्पोरट आवाज डट कम