२२ चैत्र २०८२, आईतवार / April 5, 2026
www.corporateaawaj.com  |   कोर्पोरट आवाज डट कम
अर्थ समाचार

सर्वोत्तम सिमेन्टको एसजीएमले पारित गर्यो लाभांशसहित आईपीओ प्रस्ताव

banner

सर्वोत्तम सिमेन्टको विशेष साधारणसभा(एसजीएम)ले प्रस्तावित लाभांशसहित आईपीओ प्रस्ताव पारित गरेको छ । असार १० गते सम्पन्न संस्थाको विशेष साधारणसभाले सञ्चालक समितिको उक्त प्रस्तावलाई पारित गरेको हो ।

सभाले चुक्ता पुँजीको १९.११८ प्रतिशत बोनस सेयर तथा कर प्रयोजनका लागि १.००६ प्रतिशत नगद गरी प्रस्तावित २०.१२४ प्रतिशत लाभांश पारित गरेको हो । यससँगै सेयरधनीले आर्थिक वर्ष २०७६।७७ सम्मको नाफाबाट सो मात्राको लाभांश पाउने छन् ।

त्यस्तै, सभाले संस्थापक र सर्वसाधारण सेयरधनीहरुबीचको पुँजीको अनूपात ८७.१०ः१२.९० हुने गरी मिलान गर्ने प्रस्तावलाई पारित गरेको छ । यसरी सेयरको संरचना परिवर्तन पश्चात सर्वोत्तम सिमेन्टले ६० लाख कित्ता सेयर (आईपीओ) सर्वसाधारणलाई बुक बिल्डिङ्ग विधिबाट जारी गर्ने प्रस्ताव पारित भएको छ ।

कम्पनीको अधिकृत पूँजी ५ अर्ब रुपैयाँ र जारी पूँजी ४ अर्ब ६५ करोड रुपैयाँ रहेको छ ।

ad

यो पनि पढौँ

पहिलो औपचारिक कार्यक्रममा अर्थमन्त्री शर्माः पुँजी बजारमा समस्या छन्

कोर्पोरट आवाज डट कम

नेपाली भूमि अतिक्रमणमा भारतलाई चीनको समर्थन ?

कोर्पोरट आवाज डट कम

विजेन्द्रले नवदुर्गालाई चढाए ९० हजारको ‘खःमेय्’

कोर्पोरट आवाज डट कम