२२ चैत्र २०८२, आईतवार / April 4, 2026
www.corporateaawaj.com  |   कोर्पोरट आवाज डट कम
प्रेस विज्ञप्ति

गैरआवासीय नेपाली संघ र सगुनबीच समझदारीपत्रमा हस्ताक्षर, कल्याणकारी परियोजनाहरुमा सहकार्य गर्ने सहमति

banner

२५  जुन, काठमाडौँ/ भर्जिनिया, अमेरिका – गैरआवासीय नेपाली संघ (nrna.org) तथा संयुक्त राज्य अमेरिकामा मुख्यालय रहेको सामाजिक संजालमा आधारित इकमर्स कम्पनी, सगुन (sagoon.com), बीच आपसी सहकार्य गर्ने बारे एक समझदारीपत्र (एमओयु) मा हस्ताक्षर भएको छ।

समझदारीपत्रमा एनआरएनएले सामाजिक संजालमा आधारित इकमर्स मार्फत नेपाल र नेपाली डायस्पोरालाई विश्वस्तरमा चिनाउन सगुनले निर्वाह गर्दै आएको भूमिकाको प्रशंसा गरेको छ। त्यस्तै प्रवासमा रहेका नेपालीहरुद्वारा शुरु गरिएका नयाँ पुस्ताका स्टार्ट अप कम्पनीहरुलाई प्रोत्साहित गर्न सगुनले सघाउने विश्वास पनि एनआरएनएले व्यक्त गरेको छ।

गैर आवासीय नेपाली संघ र सगुन कल्याणकारी गतिविधिहरुमा सहकार्य गर्ने सम्भावनाको खोजी  गर्न पनि सहमत भएका छन्।   

“८२ मुलुकहरुमा फैलिएको गैरआवासीय नेपाली संघले आफ्नो स्थापना कालदेखि नै प्रवासमा रहेका नेपालीहरुले शुरु गरेका नवीनतम विचार तथा परियोजनाहरुलाई सघाउंदै आएको छ।  अमेरिकाजस्तो अत्यन्त कडा प्रतिस्पर्धा रहेको सूचना प्रविधि क्षेत्रमा एउटा विश्वासिलो कम्पनीको रुपमा आफुलाई स्थापित गरेर नेपाल, भारत लगायतका मुलुकहरुमा आफ्नो सेवा विस्तार गरिरहेको कम्पनी, सगुन, संग सहकार्य गर्न पाउँदा हामी निकै खुसी छौं,”  गैरआवासीय नेपाली संघका केन्द्रिय अध्यक्ष कुमार पन्तले भन्नु भयो।  विश्व ज्ञान सम्मेलन जस्ता कार्यक्रम मार्फत प्रवासी नेपालीहरुसंग रहेको सीप, प्रविधि र पूँजी नेपाल भित्र्याउन संघले काम गरिरहेको पनि उहाँले बताउनु भयो।

यसैगरी सगुनका संस्थापक गोविन्द गिरीले संसारभरि फैलिएका नेपालीहरुको साझा संस्था गैरआवासीय नेपाली संघसंग सहकार्य गर्न पाएकोमा खुसी व्यक्त गर्नु भयो ।  “अहिले झन्डै पैंसठ्ठी लाख प्रयोगकर्ताहरुले सगुन एप चलाइ रहनु भएको छ र ६५ राष्ट्रहरुबाट ४,५०० भन्दा बढी लगानीकर्ताहरु हामीसंग जोडिनु भएको छ।  हाम्रो यात्रामा प्रवासी नेपालीहरुले देखाउनु भएको माया, सहयोग र साथका लागि हामी सधैं आभारी छौं । साथै गैरआवासीय नेपाली संघसंगको सहकार्य दुवै पक्षका लागि लाभदायी हुने हाम्रो विश्वास छ,” उहाँले भन्नु भयो। 

सन् २०१५ मा औपचारिक रुपमा शुरु गरिएको सगुनका अमेरिका, नेपाल र भारतमा कार्यालयहरु छन्। सगुन प्ल्याटफर्ममा प्रयोगकर्ताहरुले आफ्नो कथा, फोटो र भिडियो शेयर गर्छन्, आफ्ना साथीहरुसंग कुराकानी गर्छन् र उनीहरुले कमाएको ‘स्मार्ट कोइन’ हरु परिवार र साथीहरुलाई उपहार किन्न खर्च गर्न सक्छन् ।

थप जानकारीका लागि:

www.nrna.org

www.sagoon.com 

ad

यो पनि पढौँ

दुई नयाँ फोन ए५७ र ए७७ सार्वजनिक गर्दै ओप्पो

कोर्पोरट आवाज डट कम

लक्ष्मी बैंकको १३२औं शाखा सिराहाको मिर्चैयामा

कोर्पोरट आवाज डट कम

नबिल बैंकले बिनाधितो १५ लाखसम्म कर्जा दिने, एसएमई र किसान मुख्य प्राथमिकतामा

कोर्पोरट आवाज डट कम