२२ चैत्र २०८२, आईतवार / April 5, 2026
www.corporateaawaj.com  |   कोर्पोरट आवाज डट कम
समाचार

बाढी र पहिराेकाे जाेखिम भन्दै माैसम पूर्वानुमान महाशाद्वारा सतर्क रहन आग्रह

banner

काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाले प्रदेश १, वाग्मती र लुम्बिनी प्रदेशमा सतर्क रहन अनुरोध गरेको छ। मौसम पूर्वानुमान महाशाखाले आफ्नो दैनिक बुलेटिनमार्फत यि तीन प्रदेशमा भारी वर्षा हुन सक्ने, बाढी तथा पहिरो आउन सक्ने, नदीनाला तथा खहरमो पानीको बहाब बढ्न सक्ने भन्दै सतर्क रहन आग्रह गरेको हो।

‘देशभर मनसुनी वायुको प्रभाव रहेको छ,’ पूर्वानुमान महाशाखाले भनेको छ, ‘हाल देशको दक्षिणी भू–भाग नजिक मनसुनी न्युन चापिय रेखा रहेको छ।’

मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर सामान्यदेखि पूर्ण बदली रही बागमती तथा प्रदेश नं १ को थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा भईरहेको छ।

आज दिउसो र रातिमा देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। देशका धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। ‘प्रदेश नं १, बागमती र लुम्बिनी प्रदेशका एक वा दुई स्थानमा मेघगर्जन÷चट्टयाङ्गसहित भारी वर्षाको सम्भावना रहेको छ,’ महाशाखाले भनेको छ।

यस्तै, उक्त प्रदेशहरुको पहाडी भू–भागमा पहिरो तथा गेग्रान बहावको जोखिम रहेको, नदीनाला तथा खहरे खोलाहरुमा पानीको सतह बढ्न सक्ने तथा यातायात क्षेत्र प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध पनि महाशाखाले गरेको छ।

ad

यो पनि पढौँ

आयोजना भन्छ, ‘पुससम्ममा मेलम्ची आउन सक्छ’

कोर्पोरट आवाज डट कम

पनौतीलाई ‘विश्वसम्पदा’मा सूचिकृत गराइँदै

कोर्पोरट आवाज डट कम

रअले नेपालको राजतन्त्र फ्याँकेको रअका पूर्व विशेष निर्देशकको खुलासा

कोर्पोरट आवाज डट कम