२२ चैत्र २०८२, आईतवार / April 5, 2026
www.corporateaawaj.com  |   कोर्पोरट आवाज डट कम
अर्थ समाचार

नयाँ बिमा कम्पनीको लाइसेन्स लिन दौडधुप, निवर्तमान मन्त्रीदेखि नियामककै पूर्वकर्मचारी आवेदक

banner

काठमाडौं, १३ असार । बिमा क्षेत्रको नियामक निकाय बिमा समितिले नयाँ पुनर्बिमा कम्पनी सञ्चालनका लागि हिमालयन रि इन्स्यारेन्सलाई अनुमति दिने निर्णय गरेपछि अब थप नयाँ बिमा कम्पनीलाइ पनि लाइसेन्स दिने तयारी गरेको छ । समितिले नयाँ बिमा कम्पनी सञ्चालन गर्न अनुमति दिने तयारी गरेपछि विभिन्न ६ समूहले नयाँ बिमा कम्पनीको लाइसेन्स लिनका लागि छुट्टाछुट्टै दौडधुप सुरु गरेका छन् ।

नयाँ बिमा कम्पनीका लागि आवेदन दिन तयारी गरेका प्रस्तावित कम्पनीहरु मध्ये एक कम्पनीमा निवर्तमान वन तथा वातावरण मन्त्री नारदमुनी रानादेखि बिमा समितिकै पूर्व कार्यकारी निर्देशक श्रीमान कार्कीसम्मले आवेदन दिने तयारी गरेका छन् । उनीहरुसहित ६ समूहले बिमा कम्पनीका लागि समेत लाइसेन्स पाउन सकिने भन्दै दौडधुप बढाएका हुन् ।अहिले निर्जिवन बिमा कम्पनीको सञ्चालन अनुमतिका लागि बिमा समितिका पूर्व कार्यकारी निर्देशक कार्की, बिमा कम्पनीका पुराना सीईओ रमेश भट्टराईका साथै केही व्यापारिक घरानाका व्यक्तिहरुले समेत नयाँ बिमा कम्पनीका लागि तयारी गरेका छन् ।

कार्की र भट्टराई दुबै जनाले पुनर्बिमा कम्पनीका लागि आवेदन दिएर पनि लाइसेन्स पाउन सकेका थिएनन् । अहिले कार्कीले अभियान जनरल इन्स्यारेन्स कम्पनी र भट्टराईले महालक्ष्मी जनरल इन्स्यारेन्सको नाममा कागजात तयार पारिरहेका छन् ।

यसैगरी केही व्यापारिक समूहले मनकामना जनरल इन्स्योरेन्स, सुभ लाइफ इन्स्योरेन्स, सुभ जनरल इन्स्योरेन्स , स्ट्यान्डर्ड लाइफ इन्स्योरेन्स, युनी लाइफ इन्स्योरेन्स र काठमाडौं जनरल इस्योरेन्सका नाममा लाइसेन्सका लागि तयारी गरिएको बुझिएको छ । प्रस्तावित युनी लाइफमा भने वन तथा वातावरण मन्त्री नारणमूनी रानाले समेत संस्थापक सेयरका लागि फारम भरेका छन् ।

तत्कालीन अध्यक्ष चिरञ्जीवि चापागाईंको पालामा १९ वटा बिमा कम्पनीहरुले लाइसेन्स पाएका थिए । त्यसपछि भने अब संख्या धेरै भएको भन्दै लाइसेन्स बन्द गरिएको थियो । बिमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेल अहिले पनि बन्द नै रहेको बताउँछन् । अब सञ्चालक समितिले निर्णय गरेर आवेदन खुला गर्न सक्नेछ ।whatsapp sharing button

ad

यो पनि पढौँ

भारतीय नागरिकबाट ३० लाख स्रोत नखुलेको रकम बरामद

कोर्पोरट आवाज डट कम

नेपालमा भेटिए कोरोनाको छैटौं संक्रमित

कोर्पोरट आवाज डट कम

त्रिविका रोकिएका सबै परीक्षा यसै वर्ष

कोर्पोरट आवाज डट कम