
ज्योति विकास बैंकर सिप्रदि ट्रेडिङप्रा. लि. बीच टाटा ब्राण्डका पिकअप र कार्गो गाडि खरिदको लागि कर्जा सम्बन्धि सम्झौता भएकोछ। सम्झौता अन्तर्गत सिप्रदि ट्रेडिङको सिफारिस प्राप्त ग्राहकहरुले टाटाब्राण्डका पिकअप र कार्गो गाडि खरिदको लागि ज्योति विकास बैंक मार्फत ७०% सम्म कर्जा प्राप्त गर्नेछन्।
सम्झौता पत्रमा ज्योतिविकास बैंकको तर्फबाट बैंकका नायब प्रमुखकार्यकारी अधिकृत पारस राज कँडेल तथा सिप्रदि ट्रेडिङकोतर्फबाट कम्पनीका महाप्रबन्धक अनुपमणि ढकालले हस्ताक्षर गर्नु भएको थियो।
यस सम्झौता पश्चात ज्योति विकास बैंकबाट टाटा ब्राण्डका पिकअप र कार्गो गाडि ग्राहकवर्गहरुलाई ७०% सम्म कर्जा सहित सजिलै प्राप्त हुनेछ।बैंकको देश भरि फैलिएका १०५ वटैशाखाबाट उक्त सवारि कर्जा सेवाको लाभ लिन सकिने छ।
गुणस्तरिय प्रदर्शन र उत्कृष्टसेवा मार्फत नेपाली अटोमोबाइल्स क्षेत्रमा मन जित्न सफल टाटाब्राण्डका गाडि खरिद गर्न ज्योति विकास बैंकको कर्जा सेवाले ग्राहकहरुलाई थप सहज हुनेछ।सिप्रदि ट्रेडिङले देश भर फैलिएको आफ्नो सञ्जालबाट सेवा ग्राहिहरुलाई टाटा गाडि खरिद तथा विक्रि पश्चातको सेवा दिंदै आएको छ।
ज्योति विकास बैंकले हाल १०५ शाखा कार्यालय, १ एक्सटेन्सन काउन्टर तथा ६१ ATM वटा मार्फत सेवा उपलव्ध गराउँदै आईरहेको छ।


