२२ चैत्र २०८२, आईतवार / April 4, 2026
www.corporateaawaj.com  |   कोर्पोरट आवाज डट कम
समाचार

काठमाडौं उपत्यकामा निषेधाज्ञा थप्ने तयारी

banner

काठमाडौं उपत्यकामा जारी निषेधाज्ञाका सम्बन्धमा निर्णय लिन राजधानी काठमाडौं उपत्यकाका प्रमुख जिल्ला अधिकारी (सीडीओ)हरूको बैठक बस्दैछ । जिल्ला प्रशासन कार्यालय काठमाडौंमा आज साँझ ५ बजेपछि बैठक बस्ने तयारी भएको छ ।

ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीराज निरौलाले १ सातादेखि १० दिनसम्म निषेधाज्ञा थप गर्ने तयारी भएको बताए । जारी निषेधाज्ञा असार १४ मा सकिँदैछ ।

सीडीओहरूको बैठकमा उपत्यकामा सार्वजनिक यातायात सञ्चालन गर्ने कि नगर्ने भन्ने विषयमा समेत छलफल हुने बताइएको छ । निजी सवारी जस्तै सार्वजनिक यातायातमा पनि जोर बिजोर लागू गर्नेबारे निर्णय हुन सक्ने छ।

वैशाख १६ गतेदेखि काठमाडौं उपत्यकामा निषेधाज्ञा छ।

ad

यो पनि पढौँ

नवनियुक्त ८ मन्त्रीहरुको सपथ

कोर्पोरट आवाज डट कम

भक्तपुर नपाले कोरोना संक्रमण नियन्त्रण गर्न गरेका महत्वपूर्ण निर्णयहरू

कोर्पोरट आवाज डट कम

अझै बनिसकेनन् चाँगुनारायण वरपरका सत्तल

कोर्पोरट आवाज डट कम