२२ चैत्र २०८२, आईतवार / April 5, 2026
www.corporateaawaj.com  |   कोर्पोरट आवाज डट कम
प्रेस विज्ञप्ति

लुम्बिनी विकास बैंक लि. द्वारा सम्मान कार्यक्रम सम्पन्न

banner

लुम्बिनी विकास बैंक लि. ले किर्तीमानी पर्वतारोही श्री कामी रिता शेर्पाज्यू लाई २५ औं पटक सगरमाथाको सफल आरोहण गरी विश्व किर्तीमान कायम गर्नुभएकोमा बधाई तथा सम्मान कार्यक्रमको आयोजना गरेको छ । उक्त कार्यक्रममा लुम्बिनी विकास बैंक लि. का प्रमुख कार्यकारी अधिकृत श्री नरेश सिंह बोहराले किर्तीमानी पर्वतारोही श्री कामी रिता शेर्पाज्यू लाई बैंकको केन्द्रिय कार्यालय डिल्लीबजारमा सम्मान गर्नुभयो साथै २५ औं पटक सगरमाथाको सफल आरोहण गरी नेपाललाई विश्व–सामु चिनाउनमा एउटा महत्वपूर्ण भूमिका निभाउनु भएकोमा श्री कामी रिता शेर्पाज्यू लाई हार्दिक बधाई तथा शुभकामना ब्यक्त गर्नुभयो । किर्तीमानी पर्वतारोही श्री कामी रिता शेर्पा बिगत दुई दशक देखि यस लुम्बिनी विकास बैंक लि. मा “निरन्तर सहयात्री” बनि आबद् हुनुहुन्छ । उहाँको यो किर्तीमानी आरोहण आफ्नो लागी मात्र नभएर आफ्नो परिवार, शेर्पा समाज तथा सम्पुर्ण नेपालको लागि आफुले सगरमाथा २५ औं पटक आरोहण गरेको जानकारी दिनुभयो । यस लुम्बिनी विकास बैंक लिमिटेडले “निरन्तर सहयात्रा” भन्ने नाराका साथ देशभरका ७२ शाखाहरु र १७ वटा एटिएमबाट आफ्ना करिब २ लाख ७० हजार ग्राहक महानुभावहरुलाई उच्च स्तरीय आधुनिक एवं नविनतम प्रविधिसहितको बैंकिङ्ग सेवा प्रदान गर्दै आईरहेको छ । हाल बैंकले आफ्ना ग्राहकहरुलाई निशुःल्क डेविट÷एटिएम कार्ड वितरण गर्नुका साथै उक्त कार्डबाट नेपाल भित्रका कुनै पनि बैंकका भिजा नेटवर्क भएका एटिएमबाट रकम झिक्दा कुनै पनि अतिरिक्त शुःल्क नलाग्ने व्यवस्था मिलाएको छ ।

ad

यो पनि पढौँ

आइएमई लाइफले बोर्डसँग माग्यो ६० करोड आइपीओ निष्काशनकाे अनुमति

कोर्पोरट आवाज डट कम

शाओमी रेड्मी नोट ११ प्रो नेपाली बजारमा, कति होला मूल्य ?

Corporate Aawaj

गोल्छा गु्रपद्वारा त्रि.वि. शिक्षण अस्पताललाई ३० वटा सामसुङ्ग माइव्रmोवेभ ओभन प्रदान गरियो

कोर्पोरट आवाज डट कम