२२ चैत्र २०८२, आईतवार / April 4, 2026
www.corporateaawaj.com  |   कोर्पोरट आवाज डट कम
अर्थ समाचार

काठमाडौं उपत्यकाभित्र निषेधाज्ञा जारी नै राखेर सार्वजनिक यातायात खोल्ने तयारी, प्रजिअहरूको बैठक बस्दै

banner


काठमाडौं उपत्यकाभित्र निषेधाज्ञालाई जारी नै राखेर सार्वजनिक यातायात सञ्चालन गर्न दिने तयारी गरिएको छ।

यसका लागि काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरू बैठक आज  बस्दैछन्।

ललितपुरका प्रजिअ ढुण्डीप्रसाद निरौलाका अनुसार के-के खोल्न दिने भन्नेबारे आज बैठक बसेपछि आदेश जारी गरिन्छ।

कोरोना भाइरसका संक्रमित संख्या घट्दै गए पनि जोखिम नघटेका कारण निषेधाज्ञा भने जारी नै राख्ने उनले बताए।

‘सार्वजनिक यातायात सञ्चालन गर्न दिने वा नदिनेबारे आज छलफल गरेर निर्णय गर्छौं,’ उनले भने, ‘सार्वजनिक यातायात सञ्चालन गर्न दिने हो भने स्वास्थ्य मापदण्ड पूर्ण रूपमा कसरी कडाइका साथ लागु गर्न सकिन्छ भन्नेबारे पनि छलफल गर्नुपर्नेछ।’

सरकारले असार १७ गतेदेखि आन्तरिक हवाइ उडान पनि खोल्ने निर्णय गरिसकेको छ। यस्तो अवस्थामा सार्वजनिक यातायात पनि सञ्चालन गर्न पाउनुपर्ने माग यातायात व्यवसायीहरूले राखिरहेका छन्।

ad

यो पनि पढौँ

चट्याङ लागेर एकैदिन ७ जनाको मृत्यु, तीन घाइते

Corporate Aawaj

रासायनिक मलमा कालोबजारी गरेको आरोपमा दुई पक्राउ

कोर्पोरट आवाज डट कम

औषधि खरिदमा अनियमितता गर्नेलाई बर्खास्त गर : कांग्रेस

कोर्पोरट आवाज डट कम