२२ चैत्र २०८२, आईतवार / April 4, 2026
www.corporateaawaj.com  |   कोर्पोरट आवाज डट कम
समाचार

सञ्चारकर्मी रुपा सुनारविरुद्ध घरबेटी प्रधानले दिइन् उजुरी

banner

१६ असार, काठमाडौं । दलितलाई कोठा भाडामा नदिएको आरोप लागेकी घरधनी सरस्वती प्रधानले आफूलाई षड्यन्त्रमुलक ढंगले फसाएको भन्दै रुपा सुनारविरुद्ध राष्ट्रिय मानव अधिकार आयोगमा उजुरी दिएकी छन् ।

बुधबार आयोगमा निवेदन दिँदै उनले आफूले जातीय विभेद एवं छुवाछुतको व्यवहार नगरेपनि आफूमाथि षड्यन्त्र गरी प्रहरीमा थुनाएको भन्दै रुपा सुनारलाई हदै सम्मको कारबाही गर्नुपर्ने माग गरेकी छन् ।

उनले रुपा सुनारलाई कोठा खोज्न सहयोग गर्ने सुष्मा राई र सिर्जना राईलाई पनि कारबाही गर्नुपर्ने माग गरेकी छन् । आफूलाई दलित भएको कारण कोठा नदिएको भन्दै सञ्चारकर्मी सुनारले प्रहरीमा उजुरी दिएपछि प्रधान पक्राउ परेकी थिइन् । उनलाई प्रहरीले ३ दिन थुनामा राखेर छाडेको थियो ।

प्रधानले निषेधाज्ञाको समयमा पीसीआर रिपोर्ट बिना कोठा खोज्न हिँडेर महामारी फैलाउन खोजेको, अपराधिक कार्यका लागि कोठा खोज्न आएको तथा आफ्नो मञ्जुरी बेगर फोन रेकर्ड गरी त्यसैलाई आधार मानेर प्रहरीमा उजुरी दिएको आरोप रुपालाई लगाएकी छन् ।

‘नेपाल सरकारले जारी गरेको निषेधाज्ञाको आदेश उल्लंघन गरी र बिना पीसीआर रिपोर्ट खुलेआम आवत जावत गरी महामारी फैलाउने मानवविरोधी अपराध गरेको । रुपा सुनारलाई कोठा आवश्यकता नै नरहेको भएपनि आपराधिक कार्य गर्नका लागि कोठा खोज्न आएको बाहानाबाजी बनाइ मेरो मञ्जुरबेगर मेरो फोन रेकर्ड गरी सोही रेकर्ड, प्रमाण सिर्जना गरी मेरो विरुद्ध छुवाछुतको उजुरी दिई गैरकानुनी एवम् मेरो व्यक्तिगत जीवनको स्वतन्त्रता विपरित हुनेगरी पूर्वाग्रहीपूर्वक थुनाएको’ उनको उजुरीमा भनिएको छ ।

यस्तै प्रधानले सुनारले पत्रकार प्रमाणपत्रको दुरुपयोग गरेको आरोप पनि लगाएकी छिन् । घरधनी श्रीमान र सासु भएको भन्दै उनले आफूलाई घर भाडामा लगाउने अधिकार नभएको पनि बताएकी छन् । आफूलाई घरधनी भनि झुठा आरोप र जालसाजी गरी मानव अधिकार हनन् गरिएको उल्लेख गरिएको छ ।

घरधनी पति मुकुन्द प्रधान र सासुआमा भएकोले मलाई घर भाडामा राख्ने अधिकार नभएता पनि मलाई घरधनी भनी झुटा आरोप लगाइ जालसाझ गरी मेरो मानव अधिकारको हनन गरेको । मैले जातीय छुवाछुतको वादविवाद नै नगरेकोमा पनि नीज रुपा सुनार आफैंले म कामीको छोरी हो भनी आफैंले आफ्नो जात देखाइ मलाई विवाद गरी मानव विरोधीको अपराध गरेको’ उनको उजुरीमा भनिएको छ ।

सरस्वती प्रधानले जातीय विभेद गरी कोठा नदिएको भन्दै सञ्चारकर्मी रुपा सुनारले प्रहरीमा उजुरी दिएकी छन् । उनले आफूमाथि विभेद भएको भन्दै राष्ट्रिय मानव अधिकार आयोगमा पनि निवेदन दिएकी छन् ।

ad

यो पनि पढौँ

सिम कार्ड डुप्लिकेशन गरी ठगी धन्दा, बैंक खातामा समेत पहुँच

कोर्पोरट आवाज डट कम

रेडपाण्डाको छाला र भालुको पित्तसहित तीन जना पक्राउ

कोर्पोरट आवाज डट कम

घाँटीमा प्रेस कार्ड, झोलामा हतियार, काम चोरी

कोर्पोरट आवाज डट कम