५ आश्विन २०८०, शुक्रबार / September 22, 2023
www.corporateaawaj.com  |   कोर्पोरट आवाज डट कम
ट्रेंडिंग समाचार

घाँटीमा प्रेस कार्ड, झोलामा हतियार, काम चोरी

banner

महानगरीय अपराध महाशाखाले मंगलबार काठमाडौंकाे भत्केको पुल चावहिलबाट ‘प्रेस पास’ भिरेका दुई जना चोर पक्राउ गरेको छ। महाशाखा प्रमुख एसएसपी दिपक थापाले बरामद पास नक्कली भएकाले किर्तेमा समेत कारबाही अघि बढाउने बताए।

आश्रय रिजाल/हिमाल/हम्मे जस्ता नाम गरेका हिमाल रसाइली र अर्का अलि आलम मियाँ पक्राउ परेका छन् । उनीहरू कहिले सँगै त कहिले एक्लाएक्लै हिंड्थे । बजाजको बा २७ प ९४९० नम्बरको एभेन्जर मोटरसाइकलमा चढेर हिंड्ने यिनीहरुले बन्दाबन्दीमा प्रहरीले रोके, घाँटीमा झुण्ड्याएको एपी–वान टेलिभिजनको प्रेस कार्ड देखाउँथे।

दुवैले एउटै पास देखाएर उपत्यकाका विभिन्न ठाउँमा पुग्ने र घर, होस्टल र पसलको रेकी गर्ने गर्थे। र, जे भेटे पनि, चोरी गर्दै आएका थिए। महानगरीय अपराध महाशाखाले मंगलबार काठमाडौं चावहिल भत्केको पुलबाट पक्राउ गरेका दुवैले ३ जेठमा सिनामंगलमा रहेको एउटा होस्टल र ४ वैशाखमा एकजना चिकित्सकको चावहिल घरमा चोरी गरेका थिए।

महाशाखा प्रमुख एसएसपी दिपक थापाले उनीहरुबाट बरामद पास नक्कली भएको बताए। उनले एपीवान टेलिभिजनका पत्रकारलाई पास दुरुपयोगको निवेदन दिन लगाएर किर्तेमा समेत कारबाही अघि बढ्ने बताए।

“पास जसको नाममा थियो, उहाँले हराएको छैन् भन्नुभएको छ,” एसएसपी थापाले भने, “मोटरसाइकल समेत चोरीको भएको आशंका गरेका छौं ।” उनका अनुसार, प्रेस पास कहाँबाट बनाए भन्ने विषयमा समेत अनुसन्धान भइरहेको छ।

त्यस्तै बरामद मोटरसाइकलका कागजपत्र नभएकाले यातायात कार्यालयमा लेखेर पठाएको उनले बताए।

महाशाखाले बन्दाबन्दीमा काठमाडौं उपत्यकाभित्र चोरीका घटनाहरु बढ्न थालेपछि विभिन्न वृत्तसँगको सहकार्यमा अपरेशन चलाइरहेको हो।

यही क्रममा सिनामंगलस्थित एरेर ५१ बाेइज होस्टल र चावहिल भत्केको पुलस्थित डा. सुबिन मानन्धरको एप्पल म्याक बुक ल्यापटप र एप्पल आईप्याड चोरीको गौशाला वृत्तको सहकार्यमा अनुसन्धान हुँदा उनीहरु पक्राउ परेको महाशाखाका एसपी ईश्वर कार्कीले बताए।

एसएसपी थापाका अनुसार दुवैले प्रहरी चेकजाँचमा पटक–पटक प्रेस पास देखाउने गरेको सीसीटीभी फुटेजमा देखिएको छ।

प्रहरीले उनीहरुका साथबाट विभिन्न ब्राण्डका ल्यापटप, क्याननको क्यामेरा, नगद रु ५३,०००, अमेरिकी डलर ३ सय र चाइनिज युआन २ सय र धारिलो हतियार बरामद गरेको छ।

ad

यो पनि पढौँ

धेरै विकृति आएको भनेर गुनोसो आएपछि साउन १ गतेबाट नेपालमा टिकटक एकाउन्ट ब’न्द हुदैँ ! ठिक कि बेठिक?

कोर्पोरट आवाज डट कम

नेपालमा पहिलो पटक कोरोना भाइरस (कोभिड-१९) बाट मुत्यु

कोर्पोरट आवाज डट कम

१ लाख २७ हजार कामदारलाई तत्काल उद्धार गर्नुपर्ने, सरकार बिलखबन्दमा

कोर्पोरट आवाज डट कम