२२ चैत्र २०८२, आईतवार / April 5, 2026
www.corporateaawaj.com  |   कोर्पोरट आवाज डट कम
अर्थ समाचार

शेयर बजारमा शुधार, दोहोरो अंकले बढ्यो नेप्से

banner

काठमाडौं – नेपाल स्टक एक्सचेञ्ज को कारोबारको परिसूचक (नेप्से) आज बिहिबार दोहोरो अंकले बढेको छ । आज नेप्से परिसूचक १९.१२ अंकले बढेर दुई हजार ८ सय ४३ विन्दुमा पुगेको छ ।

स्टक एक्सचेञ्जका अनुसार आज ६ अर्ब ७० करोड ७७ लाख बराबरको कारोबार भएको छ भने कारोबार भएका समूहमध्ये नन लाइफ इन्स्योरेन्स समूहबाहेक मध्ये अन्य सबै समूह बढेका छन् । त्यस्तै, आज चार कम्पनीका लगानीकर्ताहरुले सर्वाधिक कमाएका छन् । सर्वाधिक शेयरमूल्य बढ्ने कम्पनीहरुमा ओरियण्टल होटल, गुडवील फाइनान्स कम्पनी, ग्रिन डेभलपमेन्ट बैंक र सिन्धु विकास बैंक रहेका छन् ।यी कम्पनीको शेयरमूल्य करिब १० प्रतिशतले बढेको छ । त्यसैगरि, आज कुमारी इक्युटी फण्डको शेयरमूल्य सर्वाधिक घटेको छ । जसको शेयरमूल्य करिब चार प्रतिशतले घटेको छ । कारोबारको आधारमा आज सबैभन्दा बढी नेको इन्स्योरेन्स कम्पनीको कारोबार भएको छ । यस कम्पनीको आज ३० करोड भन्दा बढीको शेयर कारोबार भएको छ ।

ad

यो पनि पढौँ

इटालीलाई यूरो कप उपाधि

कोर्पोरट आवाज डट कम

सञ्चारकर्मी रुपा सुनारविरुद्ध घरबेटी प्रधानले दिइन् उजुरी

कोर्पोरट आवाज डट कम

डेढ घण्टामै उल्टियो सरकारको निर्णय, भोलि र पर्सि उपत्यका बाहिर जान नदिइने

कोर्पोरट आवाज डट कम