
नेपाल भलिबल संघ (एनभीए) ले एशियन सिनियर महिला भलिबल च्याम्पियनसिपको तयारीको लागी बन्द प्रशिक्षणमा रहेका २७ जना महिला खेलाडीबाट १८ खेलाडीलाई छनौट गरेको छ ।
संघले शनिबार ९ खेलाडीलाई प्रशिक्षण सिविरबाट बाहिर राख्दै काल्दै १८ खेलाडीलाई छनौट गरेको हो । अब संघले अन्तिम १८ बाट १४ जनालाई टिममा स्थान दिनेछ।
शुरुवाती २७ खेलाडीहरुबाट सरस्वती जैसी, सृष्टि खड्का, संगम महतो, वाल्मीका आचार्य, शान्तिकला तामाङ, हीरा केसी, पूजा चौधरी, सरस्वती कट्टेल र रिमा कुँवर बाहिरिएका छन् ।
च्याम्पियनसिपको तयारीका लागी नेपाली टिमले असार १ गतेबाट प्रशिक्षण शुरु गरेको हो ।
नेपाली टिमले आगामी अगष्ट २९ देखि सेप्टेम्बर ५ तारिख अर्थात् भाद्र १३ गते देखि २० गतेसम्म फिलिपिन्समा आयोजना हुने एशियन सिनियर महिला भलिबल च्याम्पियनसिपको तयारीका लागि प्रशिक्षण प्रशिक्षण शुरु गरेको हो ।
अन्तिम १८ मा परेका खेलाडीहरु:
प्रतिमा माली, सरस्वती चौधरी, शान्ती थारु, निरुता ठगुन्ना, उषा भण्डारी, सोफिया पुन, मनीषा चौधरी, कविता भट्ट, सुनीता खड्का, उषा विष्ट, सलीना क्षेष्ठ, सरस्वती जैशी, लक्ष्मी चन्द, रिया कुँवर, रेश्मा भण्डारी, अरुणा शाही, जानकी भण्डारी र कृपा अधिकारी ।


