२२ चैत्र २०८२, आईतवार / April 4, 2026
www.corporateaawaj.com  |   कोर्पोरट आवाज डट कम
प्रेस विज्ञप्ति

यूनाइटेड सिमेन्ट्सले प्राप्त गर्यो ५३ ग्रेडको गुणस्तर प्रमाण पत्र

banner

काठमाडौं । यूनाइटेड सिमेन्ट्स प्रा. लि. द्वारा उत्पादित (यूनाइटेड सिमेन्ट्स) ब्रान्डले नेपाल गुणस्तरबाट ५३ ग्रेडको गुणस्तर प्रमाण पत्र प्राप्त गरेको छ।

५३ ग्रेड भनेको नेपालमै उत्पादन हुने सिमेन्टहरु मध्य सबै भन्दा उत्कृष्ट ग्रेड हो। यो दर्जा प्राप्त गरे संगै यूनाइटेड सिमेन्ट्सले गुणस्तरमा ठुलो फड्को मारेको जनाउँदै ५३ ग्रेडको सिमेन्ट हरेक किसिमका निर्माणमा उपयुक्त हुने जनाएको छ ।

नेपालमा मात्र नभई विदेशका ठुला ठुला संरचनाहरुमा पनि यो ग्रेडको सिमेन्टको प्रयोग हुदै आएको छ। पारिवारिक घर निर्माण सहित गगन चुम्बी महलदेखि, हाइड्रो पावरड्याम, टनेल, बिशाल पुलहरु, राष्ट्रिय गौरवका आयोजनाहरु, बाटो निर्माणमा समेत यो सिमेन्ट ढुक्क संग प्रयोग गर्न सकिन्छ।

यूनाइटेड सिमेन्ट्सले विगत ६ वर्षदेखि ललितपुरको लेलेमा रहेको आफ्नै खानीको चुन ढुंगा प्रयोग गरि, आफै क्लिन्कर उत्पादन गर्दै आएको छ ।

उद्योगले ५३ ग्रेडको गुणस्तर प्रमाण पत्र प्राप्त गरे संगै आफ्ना ग्राहकहरुको गुणस्तर प्रतिको विश्वासलाई अझ मजबुत बनाउने जनाएको छ ।

ad

यो पनि पढौँ

प्रभु क्यापिटलका कर्मचारीहरुको १ दिने तालिम सम्पन्न

कोर्पोरट आवाज डट कम

लक्ष्मी बैंकले ल्यायो ग्रीन सेभिङ खाता, ८.०३ प्रतिशत ब्याज पाउने, अरु यस्ता छन् छुट

कोर्पोरट आवाज डट कम

गोर्खा इको प्यानल आधिकारीक विक्रेताबाट मात्र खरिद गर्न आग्रह

कोर्पोरट आवाज डट कम