४ आश्विन २०८३, आईतवार / September 19, 2026
www.corporateaawaj.com  |   कोर्पोरट आवाज डट कम
समाचार

ठमेलबाट चिनियाँहरुको घिनलाग्दो हर्कत बाहिरियो, रंगेहात यस्तो अवस्थामा भेटिएपछि नेपाल प्रहरीले लगायो हतकडी !

banner

काठमाडौँ – नेपालमा चिनियाँ नागरिकको गैरकानुनी धन्दा प्रहरीले भण्डाफोर गरेको छ ।

एटिएम ह्याकिङ प्रकरणदेखि जुवातास, वन्यजन्तु तस्करीसम्म गैरकानुनी गतिविधि प्रहरीले बाहिर ल्याइसकेको छ ।

संलग्न चिनियाँ नागरिकहरु धमाधम समातिरहेका छन् । यसैक्रममा बुधवार राती ठमेलबाट ५ जना चिनियाँ नागरिक समातिएका छन् ।

चिनियाँकै सञ्चालनमा रहेको होटल सिआओ सियाङबाट इलेक्ट्रिक जुवा खेलिरहेका एक महिलासहित ५ जना चिनियाँ नागरिक १ लाख २३ हजार रूपैयाँ नगदसहित समातिएका हुन् ।

महानगरीय प्रहरी वृत्त लैनचौरका अनुसार जुवा खेलिरहेको अवस्थामा रंगेहात फेला परेका उनीहरुबाट जुवातास खेल्न प्रयोग हुने विद्युतीय टेबुल, तास, प्लाष्टिकको गोटी लगायत पनि बरामद भएको छ ।

यसअघि सोमवार मात्रै ४ जना चिनियाँ नागरिक ८ लाख नगद, इलेक्ट्रोनिक जुवा सामग्री र वन्यजन्तुसहित ज्याठाबाट पक्राउ परेका थिए ।

उनीहरुमाथि अनुसन्धान चलिरहँदा थप चिनियाँको कर्तुत नेपाल प्रहरीले बाहिर ल्याएको हो ।

ad

यो पनि पढौँ

लक्ष्मी, सिभिल र स्ट्यान्डर्ड चार्टड बैंकलाई राष्ट्र बैंकले गर्यो कारबाही, थप तीन बैंकलाई सचेत रहन निर्देशन

कोर्पोरट आवाज डट कम

पत्नी हत्यामा थुनामा रहेका पूर्व डीआईजी काेइराला रिहा, ‘रिसिभ’ गर्न प्रेमिका पुगिन्

कोर्पोरट आवाज डट कम

छुवाछुतसम्बन्धी जघन्य घटनाका अपराधीलाई कानूनी दायरामा ल्याइनेछ : प्रधानमन्त्री

कोर्पोरट आवाज डट कम