
काठमाडाैं । गोर्खा इको प्यानलले बजारमा आफ्नाे कम्पनीसँग मिल्दाेजुल्दाे नाम राखेर अन्य इकाे प्यानलकाे खरिद बिक्रि भइरहेकाे भन्दै सबै ग्राहकलाई सचेत गराएकाे छ । कम्पनीले एक विज्ञप्ति जारी गर्दै नक्कली सामाग्रीहरु किन्नबाट बच्न आग्रह गरेकाे हाे ।
गोर्खा इको प्यानल सम्बन्धी संचालक समितिमा अध्यक्ष विश्वराम कवां, संचालक सदस्य कृष्णराम देउपाला र हरिराम बुह्यो बाहेक अन्यसँग कुनै पनि प्रकारकाे काराेबार नगर्ने कम्पनीले आग्रह गरेकाे छ ।
गोर्खा इको प्यानल नेपालमै पहिलो पल्ट उत्पादित इको प्यानल हो । गोर्खा इको प्यानलको उत्पादन ईन्टरनेशनल ग्रिन डेभलपर्स नेपाल प्रा. लि ले ‘निर्माण सामाग्रीमा हरित क्रान्ति’ नाराका साथ २०७२ सालदेखि आफनो उत्पादन थालेको हो ।
यस संस्था आईएसओ ९००१ः२०१५ बाट मान्यता प्राप्त पनि छ ।


