४ आश्विन २०८३, आईतवार / September 19, 2026
www.corporateaawaj.com  |   कोर्पोरट आवाज डट कम
अर्थ समाचार

लक्ष्मी, सिभिल र स्ट्यान्डर्ड चार्टड बैंकलाई राष्ट्र बैंकले गर्यो कारबाही, थप तीन बैंकलाई सचेत रहन निर्देशन

banner

तीन वाणिज्य बैंकहरुलाई नेपाल राष्ट्र बैंकले कारबाही गरेको छ । चालु आर्थिक वर्षमा नीतिगत व्यवस्था उल्लंघन गरेको भन्दै नेपाल राष्ट्र बैंकले लक्ष्मी, सिभिल र स्ट्यान्डर्ड चार्टड बैंकलाई कारबाही गरेको हो ।

केन्द्रीय बैंकले कारबाहीमा परेका बैंकहरूबाट ८७ लाख ८४ हजार ६ सय १७ रुपैयाँ जरीवाना गरेको छ । राष्ट्र बैंकले लक्ष्मी बैंक, सिभिल र स्ट्यान्डर्ड चार्टर्ड बैंकलाई आर्थिक जरीवाना गरेको हो ।

राष्ट्र बैंकले थप तीन बैंक ग्लोबल आईएमई, राष्ट्रिय वाणिज्य बैंक र प्रभु बैंकलाई सचेत गराएको छ । राष्ट्र बैंकले सम्पत्ति शुद्धीकरण ऐन र निर्देशनहरूको उल्लंघन गरेको भन्दै लक्ष्मी बैंकलाई रू। २० लाख जरीवाना तिराएको छ ।

यस्तै, सिभिल बैंकलाई १० लाख रुपैयाँ बराबरको जरीवाना लगाएको छ । बैंकले गरेको कारोबार शंकास्पद देखिएर सम्पत्ति शुद्धीकरण ऐन तथा निर्देशन उल्लंघन गरेको देखिँदा पनि सम्बद्ध बैंकले केन्द्रीय बैंकमा रिपोर्टिङ गरेन भने जरीवाना तिराउने गरेको छ । यस्तो उल्लंघनको न्यूनतम जरीवाना रू. १० लाख रहेको छ ।39Sharesfacebook sharing button Sharemessenger sharing button Share

ad

यो पनि पढौँ

लोकसेवाले खोल्यो बिज्ञापन, कुन समुहमा कति गर्यो माग (सूचनासहित)

कोर्पोरट आवाज डट कम

उद्योगीको गुनासो- सरकारले मनोबल गिरायो

कोर्पोरट आवाज डट कम

प्रधानमन्त्रीले छलफलका लागि कांग्रेस नेतालाई बालुवाटार बोलाए

Corporate Aawaj