२२ चैत्र २०८२, आईतवार / April 5, 2026
www.corporateaawaj.com  |   कोर्पोरट आवाज डट कम
अर्थ समाचार

काठमाडौं महानगरको बजेट पारितः ५० प्रतिशत बीमा शुल्क बेहोरिने, सम्पत्ति करमा ९० प्रतिशतसम्म छुट

banner

काठमाडाैं ।  काठमाडौं महानगरपालिकाको आगामी आर्थिक वर्ष २०७८/०७९ का लागि प्रस्तावित बजेट सर्वसम्मतिले पारित भएको छ ।

कामपाका प्रमुख विद्यासुन्दर शाक्यका अध्यक्षतामा आज बसेको नगरसभाको नवौँ अधिवेशनको छैटौँ बैठकले केही संशोधनसहित सर्वसम्मतिबाट बजेट पारित गरेको हो ।

यही असार १० गते बसेको नगरसभाको नवौँ अधिवेशनको चौथो बैठकमा कामपा प्रमुख शाक्यले आर्थिक विधेयक, २०७८’ र सोही बैठकमा उपप्रमुख हरिप्रभा खड्गीले आव २०७८/७९ का लागि बजेट प्रस्ताव गरेका थिए ।

कामपाले आगामी आवका लागि १८ अर्ब ९५ करोड ७७ लाख १२ हजारको बजेट प्रस्ताव गरेको थियो । आगामी आर्थिक वर्षमा महानगरवासीका लागि नेपाल सरकारको स्वास्थ्य बीमा कार्यक्रममा ५० प्रतिशत बीमा शुल्क बेहोर्ने बजेटमा जनाइएको छ ।

यसैगरी ज्येष्ठ नागरिक विशिष्टीकृत सेवासहितको महानगर विशेष अस्पताल सञ्चालन गर्न पनि बजेट विनियोजन गरिएको छ ।

त्यसैगरी कामपाले आर्थिक विधेयक, २०७८ मा कोभिड—१९ को प्रभावलाई ध्यानमा राखी करदाताबाट असूल हुन बाँकी रहेको आव २०७६/०७७ देखिको सबै प्रकारका कर बक्यौतामा लाग्ने जरिवानामा छुट गर्ने भएको छ ।

सम्पत्ति करमा ९० प्रतिशतसम्म छुटको व्यवस्था गरिएको छ । कामपाका होटल, रेष्टुरेन्ट, पसल जस्ता व्यवसायले आफ्नो प्रयोजनका लागि बनाएका शौचालयमा सर्वसाधारणका लागि समेत निःशुल्क सेवा उपलब्ध गराएमा व्यवसाय करमा ५० प्रतिशत छुट दिने पनि घोषणा गरिएको छ ।

कामपाको यही असार ६ गते नीति तथा कार्यक्रम प्रस्तुत भएको थियो । चालु आवका लागि भने कामपाले १५ अर्ब ५० करोडको बजेट ल्याएको थियो ।

ad

यो पनि पढौँ

चार महिनापछि कर्मचारीले पाए तलब, चार महिनापछि औषधि उत्पादन सुरु

कोर्पोरट आवाज डट कम

राजु खड्का र सन्दीप लामिछाने एउटै टिममा, पवन अग्रवाल वैकल्पिक !

कोर्पोरट आवाज डट कम

माग पुरा नभएसम्म सामाजिक सुरक्षा कोषमा आवद्ध नहुने बैंक तथा वित्तीय संस्थाका कर्मचारीको घोषणा

कोर्पोरट आवाज डट कम