४ आश्विन २०८३, आईतवार / September 19, 2026
www.corporateaawaj.com  |   कोर्पोरट आवाज डट कम
अर्थ समाचार

डिजेल , पेट्रोल र खाना पकाउने ग्यास सिलिण्डरको मूल्य बढ्यो, अब कति पर्छ ?

banner

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले आज मंगलबार रातिबाट लागू हुने गरी डिजेल, मट्टीतेल, पेट्रोल, खान पकाउने ग्यास र हवाई ईन्धनको मूल्य बढाएको हो ।

डिजेल, पेट्रोल र मट्टीतेलको मूल्य २ रुपैयाँ बढाइएको निगमले जनाएको छ ।  मूल्य बढेसँगै डिजेल र मट्टीतेल प्रतिलिटर ११२ रुपैयाँ, पेट्रोल १२९ रुपैयाँ पर्ने छ  । त्यस्तै निगमले  आन्तरिक तर्फको हवाई ईन्धनको मूल्य प्रतिलिटर २ रुपैयाँले बढाएर प्रति लिटर ८४  रुपैयाँ पुर्याएको छ । अन्तर्राष्ट्रिय तर्फको उडानको हवाई ईन्धनको मूल्य प्रतिकिलोलिटर १९ अमिरिकी डलर बढेर प्रति किलोलिटर ७५४ डलर कायम भएको छ । खाना पकाउने ग्यासको मूल्य प्रति सिलिण्डर २५ रुपैयाँले बढेर प्रति सिलिण्डर १४२५ रुपैयाँ कायम भएको छ ।

निगमले मूल्य बढाएपछि पनि डिजेल, पेट्रोल, मट्टीतेल र खाना पकाउने ग्यासमा घाटा नै रहेको जनाएको छ । निगमले यस अघि असार ९ गते पेट्रोलियम पदार्थको मूल्य बढाएको थियो ।

ad

यो पनि पढौँ

भक्तपुरको ख्वप अस्पतालमा एक साताभित्र अक्सिजन उत्पादन सुरु हुने

कोर्पोरट आवाज डट कम

राष्ट्रपतिभन्दा राजा राम्रो भन्नु आपत्तिजनक : प्रधानमन्त्री ओली

कोर्पोरट आवाज डट कम

भक्तपुरको १७ तले भवनमा खाद्यान्न भण्डारण गरिने

कोर्पोरट आवाज डट कम