२२ चैत्र २०८२, आईतवार / April 4, 2026
www.corporateaawaj.com  |   कोर्पोरट आवाज डट कम
प्रेस विज्ञप्ति

एभरेष्ट बैंकको झन्डा सगरमाथाको चुचुरोमा फरफराएको छ ।

banner

एभरेस्ट बैंकले मिति २०७६ जेष्ठ १६ गतेका दिन आफ्नो ब्रान्ड फेसका रुपमा रहेका कीर्तिमानी
आरोही श्री मिङ्मा डेविड शेर्पा मार्फत सर्वोच्च शिखर सगरमाथामा आफ्नो झण्डा फहरौन
सफल भएको छ ।
आज केन्द्रिय कार्यालयमा भएको एक कार्यक्रमका बीच सो झण्डा मिङ्मा डेविड शेर्पाले
बैंकका कार्यवाहक प्रमुख कार्यकारी अधिकृत डा. संधिर कुमारलाइ हस्तान्तरण गरेका छन्।
सो कार्यक्रममा बैंकका सहायक महाप्रबन्धकहरु श्री केशव राज पौडेल , आशुतोष शर्मा
तथा बैंकका बजार ब्यवस्थापन विभाग प्रमुख श्री पुष्पराज उप्रेती लगायत अन्य उच्च
अधिकारीहरुको उपस्थिति रहेको थियो। सोहि कार्यक्रममा ग्रिसमकालमा mt K2 को सफलता
पुर्वक आरोहण गरेका कीर्तिमानी आरोही श्री सोनाम शेर्पालाइ समेत सम्मान गरिएको छ ।
स्थापनाकाल देखिनै ग्राहकहरुको पहिलो रोजाइको यस बैंकमा हालसम्म ११ लाखभन्दा बढी
सन्तुष्ट ग्राहकहरु रहेका छन् तथा देशैभरि छरिएर रहेको आफ्नो १०३ शाखा संजाल, १३५
ATM सहित विश्वव्यापी नेटवर्कबाट अत्याधुनिक मोबाइल र इन्टरनेट र SMS बैकिंग
सुबिधा प्रदान गर्दै आइरहेको छ । यस बैंकले नेपाल सरकारको राजस्व संकलनको लागि ३१
वटा संकलन केन्द्रबाट समेत सेवा दिदै आइरहेको छ ।

ad

यो पनि पढौँ

भक्तपुर टिभिएसको ग्राण्ड एक्सेन्ज मेला २ असोज देखि ६ दिन सम्म

कोर्पोरट आवाज डट कम

फाेनपेकाे आम्मामामा क्यूआरमा दैनिक १ लाख उपहार

कोर्पोरट आवाज डट कम

नियोलाइट जनरल इन्सुरेन्स अन्तिम चरणमा

कोर्पोरट आवाज डट कम