
दया फाउण्डेशनले देशमाव्याप्त कोरोना महामारीको संक्रमणको उपचारको क्रममा खडा भएकाचुनौतीतथा समस्याहरुको समाधानमा राहत पु¥याउने उद्देश्यले विभिन्न सामुदायिकतथा सरकारी अस्पतालहरुलाई विभिन्नचिकित्साउपकरणहरु प्रदान गरेको छ ।
यस संस्थाले टेकु अस्पताल, वीर अस्पताल, ट्रमा सेण्टर, क्षेत्रपाटी निःशुल्कचिकित्सालय, भक्तपुर क्यान्सर अस्पताल, त्रिवि शिक्षण अस्पताल, पाटनअस्पताल,नेपालएम्बुलेन्स सर्भिस र आनन्द कुटी आइसोलेशन सेण्टरमाहालसम्म ६ थानहाई फ्लो नेशलक्यानुला, ५ थान ५ लिटरको अक्सिजन कन्सन्ट्रेटर, १० थान १० लिटरको अक्सिजन कन्सन्ट्रेटर, १५ थानथर्मल गन, १५ थान अक्सिमिटर साथै १००० थान सुरक्षा किट (पीपीई, फेससिल्ड, सेनिटाइजर, मास्क, पञ्जा) प्रदान गरेको छ ।
कोभिड–१९ को कारणले सिङ्गो राष्ट्र स्वास्थ्य सङ्कटमा परेको यस विषम घडीमा आफ्नो संस्था सकृय रुपमा अगाडी बढी थोरै नै भएपनि सहयोग गर्न पाएकोमाखुशीव्यक्तगर्दैसमन्वय गरीदिनु भएकोमा सम्वन्धित सवैलाई धन्यवादपनिदिनुभयो र संस्थाले सहयोग गरेको अस्पतालहरु विशेषतनिम्नआयवर्ग भएकाहरुको उपचारको लागीलक्षितभएको हुँदा यस सहयोगले विपन्नवर्गको कोभिड–१९ को उपचारमा टेवा पु¥याउने कुरा दया फाउण्डेशनकाअध्यक्ष राजेश प्रधानले बताउनुभयो साथै निजि क्षेत्र पनि यस विषम परिस्थितिमा अगाडी आई समाज सेवामा अग्रसर हुनु पर्ने कुरा पनिवताउनु भयो ।
उक्त संस्थाबाट कोभिड सम्बन्धीकार्यक्रमहरुको समन्वयतथा संयोजन गर्दै आउनु भएका संस्थाकापूर्व अध्यक्षकिपामाथेमाकाअनुसार फाउण्डेशनले विविध स्वास्थ्यउपकरणहरु उपलब्ध गराउने मात्रनभई संक्रमितको उपचारमा संलग्न रहँदै आएकाजनशक्तिको क्षमताअभिवृद्धिका लागिपनिविभिन्नतालिमहरुकालागीआयोजनागरिने कुरा बताउनुभयो ।
यस फाउण्डेशनले क्रिटिकल केयर नर्सिङ्ग संघ नेपाल र नेपाल क्रिटिकल केयर विकास फाउण्डेशनसँगको सहकार्यमा क्रिटिकल केयर नर्सिङ्ग सम्बन्धीभर्चुयल प्रशिक्षण कार्यक्रम सञ्चालनगरिरहेको छ भने कोरोना उपचारका क्रममाआवश्यकविशेष सीप नर्सहरूलाई उपलब्ध गराउने उद्देश्यले गत जेठ ९ गते थालिएको प्रशिक्षण जेठ २१गतेसम्मजारी रहनेछ ।
दया फाउण्डेशन समाजसेवी स्व.दयारामभक्तमाथेमाको स्मृतिमावहाँको परिवारद्वारा पारिवारिक ट्रस्टको रुपमा समाजसेवाको लागीसन् २००९ मा स्थापित संस्थाहो जसको मूलभूत उद्देश्यमाशिक्षा, स्वास्थ्य र संस्कृति पर्दछ । कोरोना महामारीको पहिलो लहरमाउल्लेख्य स्वास्थ्य सेवाउपलब्ध गराएबापत टेकु अस्पताल, वीर अस्पताल, कान्तिबाल अस्पताल तथा क्षेत्रपाटी निःशुल्कचिकित्सालयको कोभिड नर्सिङ्ग युनिटलाई दया फाउण्डेशनले “एक्सलेन्स अवार्ड”बाट सम्मानितगरिसकेको छ ।


