२२ चैत्र २०८२, आईतवार / April 5, 2026
www.corporateaawaj.com  |   कोर्पोरट आवाज डट कम
प्रेस विज्ञप्ति

साना किसान विकास लघुवित्त वित्तीय संस्था लि. को २० औँ वार्षिकोत्सव कार्यक्रम सम्पन्न

banner

साना किसान विकास लघुवित्त वित्तीय संस्थाको २० औँ वार्षिकोत्सव समारोह मिति २०७८ साल असार २२ गते भर्चुअल माध्यमबाट नेपाल राष्ट्र बैंकका गभर्नर श्री महा प्रसाद अधिकारीज्यूको प्रमुख आतिथ्यतामा सम्पन्न भयो । उक्त कार्यक्रममा जुम माध्यमबाट साझेदार कृषि सहकारी संस्थाका किसान प्रतिनिधिहरू लगायत करिब ३०० जनाको रहेको थियो ।
उक्त कार्यक्रमका प्रमुख अतिथि नेपाल राष्ट्र बैंकका गभर्नर श्री महा प्रसाद अधिकारीज्यूले २० औँ वार्षिकोत्सवको उपलक्षमा साना किसान विकास लघुवित्त वित्तीय संस्थाका सम्पूर्ण परिवारहरू, आवद्ध संस्थाहरू, सहकारीकर्मीहरू र कृषि उद्यमीहरू प्रति बधाइ ज्ञापन गर्दै साना किसान विकास लघुवित्त वित्तीय संस्थाले साझेदार संस्थाहरूमार्फत न्यून आय भएका साना किसानहरूको जीवनस्तर माथि उठाउन केन्द्रित रहेको, संख्यात्मक विस्तारमा गुणात्मक पाटो महत्वपूर्ण राख्दछ र वित्तीय संस्थाले आगामी दिनमा अझ गुणस्तरीय, प्रभावकारी र नतिजामुखी सेवा सञ्चालन गर्न सफल र सक्षम रहोस् भनी शुभकामना व्यक्त गर्दछु ।
यस कार्यक्रमका सभापति एवम् वित्तीय संस्थाका अध्यक्ष श्री खेम बहादुर पाठकज्यूले कार्यक्रमको औपचारिक रूपमा उद्घाटन गर्दै यस वित्तीय संस्थामार्फत सहुलियत कर्जा प्रवाह गरी ग्रामीण क्षेत्रमा अवस्थित साना किसान तथा युवाहरूले कृषिसँग सम्बन्धित व्यवसाय तथा उद्यमहरू सञ्चालन गरेका छन् । यस वित्तीय संस्थालाई अझ सुलभ तथा सहुलियत कर्जा प्राप्त भयो भने धेरै साना किसानहरूलाई उद्यमी र व्यावसायिक बनाउन सकिने देखिन्छ । आफ्नो व्यस्त समयका बावजुद पनि यस कार्यक्रममा प्रमुख अतिथिका रूपमा उपस्थित भइ हौसला र उत्प्रेरणा प्रदान गर्नु भएकोमा हार्दिक आभार व्यक्त गर्दछु ।
यस वित्तीय संस्थाले ७४ जिल्लाका ५३१ पालिकामा ९५७ साना किसान कृषि सहकारी संस्था सहित कुल १३७४ सहकारी संस्थाहरुको प्रवर्धन र विकास गरी यिनै मार्फत ८ लाख ९७ हजारभन्दा बढी विपन्न तथा साना किसान परिवारमा लघुवित्त एवम् कृषि प्रवर्धन कार्यक्रम पु¥याउन सफल भएको र आगामी दिनमा सेवा नपुगेका पालिका तथा जिल्लाहरुमा वित्तीय संस्थाको सेवा विस्तार गर्दै साना किसानको समृद्धिका लागि कृषिको रुपान्तरण र उद्यमशील

ad

यो पनि पढौँ

यूनाइटेड सिमेन्ट्सले प्राप्त गर्यो ५३ ग्रेडको गुणस्तर प्रमाण पत्र

कोर्पोरट आवाज डट कम

प्रभु क्यापिटल र त्रिभुवन विश्वविद्यालय केन्द्रीय व्यवस्थापन विभागबीच समझदारी

कोर्पोरट आवाज डट कम

लक्ष्मी बैंकले ल्यायो यूरो कप लक्षित ‘प्रेडिक्ट एण्ड वीन क्याम्पेन’

कोर्पोरट आवाज डट कम