२२ चैत्र २०८२, आईतवार / April 5, 2026
www.corporateaawaj.com  |   कोर्पोरट आवाज डट कम
प्रेस विज्ञप्ति

प्रभु क्यापिटल र त्रिभुवन विश्वविद्यालय केन्द्रीय व्यवस्थापन विभागबीच समझदारी

banner

प्रभु क्यापिटल र त्रिभुवन विश्वविद्यालय केन्द्रीय व्यवस्थापन विभागबीच समझदारी

  २०७८ साउन २८ गते १९:०२     विकासन्युजfacebook sharing button6

twitter sharing button
linkedin sharing button
email sharing button

काठमाडौं । प्रभु क्यापिटल र त्रिभुवन विश्वविद्यालय केन्द्रीय व्यवस्थापन विभागबीच एमओयु सम्झौता सम्पन्न भएको छ । सम्झौतामा प्रभु क्यापिटलका प्रबन्ध निर्देशक दिनेश थकाली र केन्द्रीय व्यवस्थापन विभागका विभागीय प्रमुख प्रोफेसर डक्टर रामजी गौतमले हस्ताक्षर गरेका हुन् ।

देशमा दक्ष व्यवस्थापकीय क्षमता भएका जनशक्ति उत्पादन गर्ने तथा विद्यार्थीलाई वित्त तथा व्यवस्थापनको क्षेत्रमा व्यवहारिक शिक्षा प्रदान गर्ने लगायतका विषयमा सहकार्य गर्ने गरी सो आपसी समक्षदारी पत्रमा सम्झौता भएको हो ।

सो सम्झौता अनुसार प्रभु क्यापिटलले केन्द्रीय व्यवस्थापन विभागमा एमबीए तहमा अध्ययनरत विद्यार्थीलाई प्रोत्साहन गर्ने हेतु प्रभु क्यापिटल मेरिट अवार्ड प्रदान गर्ने तथा क्यापिटलको अनुसन्धान तथा विश्लेषण कार्यमा मद्दत पुग्ने गरी केन्द्रीय व्यवस्थापन विभागका फ्याकेल्टी मेम्बर तथा विद्यार्थीहरुसँग सहकार्य गर्ने लगायतका विषयमा सम्झौता भएको छ ।

आपसी समझादरी पत्रको हस्ताक्षर कार्यक्रममा त्रिभुवन विश्वविद्यालय केन्द्रीय व्यवस्थापन विभागका तर्फबाट एमबिए कार्यक्रम निर्देशक सहप्राध्यापक ज्ञानमणी अधिकारी, एमबिए कार्यक्रम उपनिर्देशक उपप्राध्यापक डा. बलराम दुवाल र प्रशासकीय अधिकृत मुकुन्द रिमाल तथा प्रभु क्यापिटलका तर्फबाट सञ्चालक उपप्राध्यापक डा. भरत सिंह थापा, लगानी शाखा प्रमुख दुर्गा नन्द झा लगायतको उपस्थिति रहेको थियो ।

ad

यो पनि पढौँ

जनरल इन्स्योरेन्सको सञ्चालकमा अग्रवाल नियुक्त

कोर्पोरट आवाज डट कम

मुक्तिनाथ विकास बैंकले बनायो मन्दिरमा प्रतिक्षालय

कोर्पोरट आवाज डट कम

नोकिया सी २०–स्टनिंग र भरपर्दो फिनिश क्वालिटी भएको फोन मात्र रु १०९९९

कोर्पोरट आवाज डट कम