२४ चैत्र २०८२, मंगलवार / April 7, 2026
www.corporateaawaj.com  |   कोर्पोरट आवाज डट कम
ट्रेंडिंग समाचार

स्वयम्भूको डेटिङपछि घ्याम्पेडाँडाको ‘यौन काण्ड’ : उपसचिवलाई उन्मुक्ति, खरिदारलाई मुद्दा !

banner

काठमाडौं । सरकारी नम्बर प्लेटकाे गाडीमा चढेर मस्ती गर्ने बेथिति मौलाइरहेको छ । निषेधाज्ञाको समयमा सरकारी गाडीमा स्वयम्भू डेटिङमा जाने उपसचिव भाइरल भएका थिए । निषेधाज्ञाको समयमा नियम उल्लंघन गरे पनि उनलाई उन्मुक्ति दिइयो । कारबाही चलाइएन । घटना त्यत्तिकै सामसुम पारियो ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी जनक भट्टको नेतृत्वमा छानबिन गर्न समिति बनाइए पनि पास लिएका कारण निषेधाज्ञा उल्लंघन नभएको निष्कर्ष निकालियो । त्यसपछि त्यो घटना त्यत्तिकै सामसुम भयो ।

उक्त घटना सेलाउन नपाउँदै भक्तपुरको घ्याम्पेडाँडामा उस्तै प्रकृतिकाे नयाँ काण्ड आएको छ । एक खरिदार बिहीबार मध्यराति घ्याम्पेडाँडामा सरकारी गाडीभित्रै यौन क्रियाकलापमा लिप्त रहेकाे अवस्थामा रंगेहात पक्राउ परे । उनीसँगै गाडी चालक पनि पक्राउ परे । दुवैले एक युवतीमाथि यौन गतिविधि गरिरहेको अवस्थमा महानगरीय प्रहरी वृत्त जगातीका प्रहरी टोलीले रंगेहात पक्राउ गरेकाे हाे ।

पक्राउ परेका तीनै जनामाथि छानविन सुरु भयो । छानविनका क्रममा सेतो नम्बर प्लेटको प्रदेश ३ ०१ ००२ झ ५०५२ नम्बरको सरकारी गाडी महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको रहेकाे खुल्याे । सरकारी गाडीभित्र यौनजन्य गतिविधि गर्ने सोही गाडीका चालक र खरिदार रहेछन् ।

पक्राउ पर्नेमा मन्त्रालयका खरिदार ४१ वर्षीय जितबहादुर खत्री, सुनकोशी गाउँपालिका–६ का ३८ वर्षीय चालक शम्भु कार्की र दोलखाकी २१ वर्षीया महिला रहेकी छन् ।

अनुसन्धानका क्रममा युवतीले आफूले राति ११ बजे लिफ्ट मागेको । र, लिफ्ट पाएपछि गाडी चढेको अनि गाडीमा सवार हुने क्रममा सहमतिमै दुवैजनासँग यौनसम्बन्ध राखेको बयान दिएकी छन् ।

प्रहरीले युवतीको बयान सुनेपछि गाडी चालक र खरिदार खत्रीमाथि यौजन्य गतिविधिमा मुद्दा चलाएको छ भने युवतीलाई चाहिँ उन्मुक्ति दिइएको छ ।

दुवैमाथि मुलुकी अपराध संहिता ऐन २०७४ को दफा १२३ सार्वजनिक स्थानमा यौन क्रियाकलाप गर्न नहुने महल (१) नम्बरको कसुर चलाइने भनिएको छ ।

स्वयम्भू र घ्याम्पेडाँडाको उक्त गतिविधिमा संलग्नमध्ये निषेधाज्ञा उल्लंघन गर्ने उपसचिव रोशन श्रेष्ठलाई छुट दिइएको छ भने मध्यरातमा यौन क्रियाकलापमा सरकारी गाडीभित्र लिप्त खरिदार खत्रीलाई मात्रै मुद्दा चलाइएको छ ।

कारबाही त सबैलाई हुनुपर्ने होला । नत्र त ‘नेपालको कानून दैवले जानुन्’ भन्ने भनाइलाइ नै थप बल दिँदैन र  ?

ad

यो पनि पढौँ

ट्रेजरी बिलमार्फत राष्ट्र बैंककै पैसामा नाफा कमाउँदै बैंकहरू

Corporate Aawaj

युवा संघद्वारा राहदानी विभाग घेराउ

Corporate Aawaj

केएमसी स्कुलबाट शव उठाउने तयारी, मृतकका परिवारलाई ८ लाख रुपैयाँ दिने सहमती

कोर्पोरट आवाज डट कम