२२ चैत्र २०८२, आईतवार / April 5, 2026
www.corporateaawaj.com  |   कोर्पोरट आवाज डट कम
प्रेस विज्ञप्ति

सिटी एक्सप्रेस मनी ट्रान्सफरको १५औं बार्षिकोत्सव : बम्पर उपहार बिजेतालाई १० लाख हस्तान्तरण

banner

सिटी एक्सप्रेस मनी ट्रान्सफरले ‘सकरात्मक र सबल हुँदै’ भन्ने मुल नाराका साथ  १५औं बार्षिकोत्सव अहिलेको बिषम परिस्थिती लाई मध्य नजर गर्दै आफ्नै कार्यालय सिटी एक्स्प्रेस कम्प्लेक्स, कमलादीमा सानो समारोहबीच सम्पन्न गरेको छ ।  

उक्त समारोहमा ‘न एति न उति सिधै लखपति’ योजनाको बिजेता साउदीमा कार्यरत  जागेश्वर भुसकुलिया यादवकी धर्मपत्नी फुलमती कुमारीलाई रु. १० लाखको चेक हस्तान्तरण गरेको छ ।

साथै कार्यालयको आन्तरिक छनोट प्रक्रियाबाट यस आर्थिक बर्षमा उल्लेखनिय कार्य गरे बापत विभिन्न विभाग र तहका ३ उत्कृष्ट कर्मचारीहरुलाई पनि सम्मान गरेको छ । 

सिटी एक्सप्रेसले रेमिटान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउदै बिगत १४ वर्ष देखि संसार भरबाट  विप्रेषण सेवा प्रदान गर्दै आइरहेको छ । 

आन्तरिक विप्रेषण अन्तर्गत सिटी एक्सप्रेसका देशभर छरिएर रहेका १२ हजार भन्दा बढी भुक्तानी केन्द्रहरूमार्फत छिटो, सहज र सुरक्षित तरिकाले भुक्तानी प्रदान गर्ने, कुनै पनि बैंकको खातामा रकम जम्मा गर्ने र मोबाइल वालेटमा लोड गर्न सकिने जस्ता सुविधाहरू प्रदान गर्दै आइरहेको छ ।

ad

यो पनि पढौँ

सिप्रदी र शिखर इन्स्योरेन्सबीच अटो प्लस सम्झौता, ५ वर्षसम्म लागू हुने

कोर्पोरट आवाज डट कम

किसानहरुलाई मेगा बैंकको किसान कार्ड तथा कृषि कर्जा सुविधा

कोर्पोरट आवाज डट कम

गोल्छा गु्रपद्वारा त्रि.वि. शिक्षण अस्पताललाई ३० वटा सामसुङ्ग माइव्रmोवेभ ओभन प्रदान गरियो

कोर्पोरट आवाज डट कम