४ आश्विन २०८३, आईतवार / September 19, 2026
www.corporateaawaj.com  |   कोर्पोरट आवाज डट कम
प्रेस विज्ञप्ति

साउन ७ गतेदेखि मुक्तिनाथ विकास बैंकको १ अर्ब २५ करोडको ऋणपत्र निष्काशन हुँदै

banner

काठमाडौं, २८ असार । मुक्तिनाथ विकास बैंकले १ अर्ब २५ करोड रुपैयाँ बराबरको १२ लाख ५० हजार कित्ता ऋणपत्र निष्काशन तथा बिक्रीमा ल्याउने तयारी गरेको छ । बैंकले साउन ७ गतेदेखि ७ वर्षका लागि वार्षिक ‘८.७५ प्रतिशत मुक्तिनाथ डिबेन्चर २०८४, ८५’ निष्काशन तथा बिक्रीमा ल्याउने तयारी गरेको हो ।

कुल ऋणपत्रबाट ५० करोड रुपैयाँ बराबरको ५ लाख कित्ता ऋणपत्र सर्वसाधारणका लागि रहेको छ । जस्बाट सामूहिक लगानी कोषका लागि २५ हजार कित्ता छुटयाईएको छ । बाँकी रहेको ७५ करोड रुपैयाँ बराबरको ७ लाख ५० हजार कित्ता ऋणपत्र बैंकले व्यक्तिगत किसिमले विभिन्न संघ संस्थाहरुलाई बिक्री गर्ने भएको छ ।

लगानीकर्ताले ऋणपत्र खरिदका लागि साउन ११ गतेसम्म आवेदन दिन सक्नेछन । उक्त म्यादभित्र माग बमोजिमको आवेदन नपरेको खण्डमा साउन २१ गतेसम्म आवेदन पेश गर्न सकिने छ ।

वार्षिक ‘८.७५ प्रतिशत मुक्तिनाथ डिबेन्चर २०८४, ८५’ को लागि लगानीकर्ताले सि-आस्वा सदस्य रहेका बैंक तथा वित्तीय संस्था र शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन ।

बैंकको ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेड रहेको छ ।

ad

यो पनि पढौँ

पठाओ ट्याक्सीको दोस्रो एनिभर्सरी, आज सित्तैमा ट्याक्सी बुक गर्न सकिने

कोर्पोरट आवाज डट कम

दया फाउण्डेशनले कोरोना उपचारको संरचनाविकासमा टेवा पुयाउँदै दियो सामाजिक सन्देश

कोर्पोरट आवाज डट कम

निम्बसद्धारा सहायता केन्द्रहरुलाई १० लाखभन्दा धेरै मास्क वितरण

कोर्पोरट आवाज डट कम