२२ चैत्र २०८२, आईतवार / April 5, 2026
www.corporateaawaj.com  |   कोर्पोरट आवाज डट कम
राजनीति समाचार

बुटवलमा प्रधानन्यायाधीश राणा र माधवकुमार नेपालको पुत्ला दहन

banner

बुटवल : नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ नेपालले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा र एमालेका वरिष्ठ नेता माधवकुमार नेपालको बुटवलमा पुत्ला दहन गरेको छ । संसद् विघटनलाई बदर गरेर अदातलले राजनीति गरेको भन्दै प्रधानन्यायाधीश जबरा र प्रतिपक्षलाई साथ दिएर आफ्नै पार्टीको सरकार ढालेको भन्दै वरिष्ठ नेता नेपालको पुत्ला दहन गरिएको युवा संघका केन्द्रीय सचिव तुलबहादुर अधिकारीले बताए ।

बुटवलको अस्पताललाईनबाट निस्केको युवासंघको मसालसहितको जुलुसले ट्राफिकचोकमा पुगेर पुत्ला दहन गरेको छ । पुत्ला दहनको क्रममा प्रहरीले युवा संघका कार्यकर्तालाई धरपकडसमेत गरेको थियो । जुलुस पुन: अस्पताल लाइन आएर कोण सभामा परिणत भएको थियो । कोण सभामा राष्ट्रिय युवासंघका केन्द्रीय उपाध्यक्ष सुमन पुरी, केन्द्रीय सचिव अधिकारी लगायतले बोल्दै सर्बोच्चको निर्दलीय फैसलाविरुद्ध युवासंघ सडकमा उत्रिनु परेको बताए ।

ad

यो पनि पढौँ

जीटूजीबाट मेडिकल सामग्री किन्न पाँच देशलाई पत्राचार

कोर्पोरट आवाज डट कम

फिफा वरियतामा नेपाल १६८ औँ स्थानमा उक्लियो

कोर्पोरट आवाज डट कम

थुनिएको मर्स्याङदी नदी खुल्यो, सबैलाई सतर्क रहन प्रशासनको अपील

कोर्पोरट आवाज डट कम